मुस्ताङका पर्यटकीय पदमार्गहरू मर्मत तथा स्तरोन्नति गरिँदै

मुस्ताङ । मुस्ताङका पर्यटकीय पदमार्गहरूको मर्मत तथा स्तरोन्नति सुरु गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोम र लोमान्थाङ गाउँपालिकाले जीर्ण पदमार्गहरूको मर्मत तथा स्तरोन्नतिमा जोड दिएका हुन् । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक तथा शाखा सडकलगायत पूर्वाधार निर्माणले यहाँका कतिपय पर्यटकीय पदमार्ग मासिएका छन् । त्यस्ता […]

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

रुपन्देही । सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई नियन्त्रण गर्न नेपाल सरकारले केही दिनयतादेखि सीमानाकामा कडाइ गरेपछि यस क्षेत्रका उद्योग–व्यवसायहरु चलायमान बन्न थालेका छन् । जसका कारण नेपालतर्फका व्यवसायीहरुले खुसी पनि व्यक्त गरेका छन् । घरायसी प्रयोजनका नाममा भारतबाट रु १०० भन्दा बढी मूल्यका सामान खरिद गरी नेपाल ल्याइँदा भन्सार महसुल अनिवार्य गरिएपछि […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४५ पैसा पुगेको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा रहेको थियो । यस्तै, युरोपियन युरो […]

‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने

काठमाडौं । तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा आवद्ध सात देशहरूले वैश्विक बजार स्थिरता कायम राख्ने उद्देश्यले आगामी जुन महिनादेखि तेल उत्पादनमा सामान्य वृद्धि गर्ने निर्णय गरेका छन् । यस समूहमा साउदी अरेबिया, रुस, अल्जेरिया, इराक, काजाखस्तान, कुवेत र ओमान समावेश छन्। आइतबार आयोजित भर्चुअल बैठकपछि जारी गरिएको संयुक्त निर्णयअनुसार यी देशहरूले […]

दुई दिने सार्वजनिक बिदाले पर्यटनमा सकारात्मक प्रभाव

पोखरा । सरकारले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ । दुई दिने बिदाका कारण पोखराका होटेलमा विगतको तुलनामा १० प्रतिशत पर्यटकहरू बढेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरामा विशेषगरी आन्तरिक पर्यटकको चहलपहल बढेको र यस समयमा क्षमताको १० प्रतिशत थप […]

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि आशा जगाउने बजेट ल्याइने र निजी क्षेत्रलाई विकासको सारथी बनाउने प्रतिबद्धता जनाए । उनले आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारका लागि निजी […]

सरकारद्वारा विश्व बैंकको ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

काठमाडौं । सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण र अनुदान स्वीकार गर्ने निर्णय गरेको हो । बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर […]

सौराहामा पर्यटकको आगमन उत्साहजनक : व्यवसायी

चितवन । सातामा दुई दिन बिदा भएसँगै यहाँका पर्यटकीय क्षेत्रहरु चलायमान बनेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिमा रमाउन यहाँ पर्यटक आउने गर्दछन् । गोष्ठीहरु र विवाहका लागि पनि पर्यटक सौराहा आउने गर्दछन् । गत […]

उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा आज : नयाँ नेतृत्वका लागि घमासान

काठमाडौं । नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम आजबाट ललितपुरमा सुरु हुँदै छ । विभिन्न कानुनी उल्झन, आन्तरिक विवाद र अदालतको स्थगन आदेशपछि तय भएको यो साधारण सभाले महासंघलाई आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सुम्पिनेछ । आज (वैशाख […]

​यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा रहेको थियो । यस्तै, युरोपियन […]