‘ललितपुर जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्नुहुन्न’
ललितपुर । प्रतिनिधिसभा सदस्य एवम् पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले ललितपुर जिल्लाको पर्यटनलाई पाटनमा मात्र सीमित राख्न नहुने बताएका छन् । ललितपुरको दक्षिणी भेग पनि पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हुनसक्ने उनले बताए । माझखण्ड पर्यटन परियोजनाअन्तर्गत डेस्टिनेसन माझखण्ड प्रालिले सञ्चालनमा ल्याउन लागेको छपेली माझखण्ड केवलकारको सोमबार शिलान्यास गर्दै उनले केवलकारले दक्षिणी ललितपुरको पर्यटन प्रवर्द्धन गर्ने उल्लेख गरे । उक्त योजनालाई बुद्धिमत्ताका […]

