माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं । सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत् विकास विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ। विभागले आज एक सूचनामार्फत सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि वडा नम्बर ३ मा निर्माणाधीन तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको स्विचयार्डसम्म […]

साहस ऊर्जाको नाफा ५१.८४ प्रतिशतले बढ्यो, नाफा १ अर्ब ३५ करोड नाघ्यो

काठमाडौं । साहस ऊर्जा लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ३५ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५१.८४ प्रतिशत धेरै हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ८९ करोड […]

नेशनल हाइड्रोको स्थगित साधारणसभाकाे नयाँ मिति घोषणा

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको स्थगित भएको साधारणसभाको लागि नयाँ मिति घोषणा गरिएको छ । यस अघि असार ३१ गतेका लागि बोलाइएको साधारणसभा गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको थियो । कम्पनीको असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले अब कम्पनीको २९औं वार्षिक साधारणसभा साउन २२ गते गर्ने निर्णय गरेको छ । उक्त सभा […]

विद्युत प्राधिकरणले उठाउन थाल्यो पोल भाडा बक्यौता

काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा आएको छ । यसक्रममा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत वितरण तथा ग्राहक सेवा निर्देशनालय, बागमती प्रदेश डिभिजनल कार्यालयमार्फत पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया सुरु गरेको छ । वल्र्डलिंकले आर्थिक वर्ष २०८२/८३ को स्वःघोषणाको आधारमा निर्धारण गरिएको […]

सप्तरीको नवनिर्मित ३३-११ केभी क्षमताको सबस्टेसन सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा नवनिर्मित ३३/११ केभी, ६/८ एमभीए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ । बुधबार साँझदेखि सञ्चालनमा आएको उक्त सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । करिब १२ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी लाइनसमेत निर्माण […]

ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा चितवनका कँडेल नियुक्त

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको ऊर्जा व्यापार तथा पूर्वाधारसम्बन्धी सल्लाहकार (विशिष्ट श्रेणी) मा चितवनका विवेक राज कँडेल नियुक्त भएका छन्। मन्त्री श्रेष्ठको सचिवालयका अनुसार कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षासम्बन्धी नीति निर्माण, आन्तरिक ऊर्जा क्षेत्रको सुधार तथा निजी क्षेत्रको लगानी आकर्षित गर्न रणनीतिक परामर्श दिनेछन्। त्यसैगरी, उनले ऊर्जा व्यापार विस्तार, क्षेत्रीय […]

थ्रीस्टार हाईड्रोपावरको सीईओमा अधिकारी नियुक्त

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्दीप अधिकारी नियुक्त गरेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई कम्पनीको सीईओको जिम्मेवारी दिएको हो ।  

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ । दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ । नदी प्रवाहमा आधारित परियोजनालाई […]

उर्जा र सञ्चार मन्त्री गौशला, पुरानो बानेश्वर क्षेत्र पुग्ने, अव्यवस्थित तार व्यवस्थापनको जानकारी लिने

काठमाडौं । सोमबार काठमाडौंका विभिन्न स्थानमा बिजुलीको पोलमा छरिएर रहेका तारको व्यवस्थापनलाई लिएर दुई मन्त्रीले अनुगमन तथा प्रगतिको जानकारी लिन लागेका छन् । सूचना तथा संचारमन्त्री डा विक्रम तिमिल्सिना र ऊर्जा जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले संयुक्त रुपमा विभिन्न स्थानमा छरप्रष्ट भएको तार व्यवस्थापनको बारेमा अनुगमन गर्न ललागेका हुन् । मन्त्रीहरुले गौशला, पुरानो बानेश्वर, एयरपोर्ट […]

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो सीईओ

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले आज सूचना जारी गर्दै योग्य, सक्षम तथा अनुभवी नेपाली नागरिकहरूबाट दरखास्त माग गरेको हो। करार सेवा अन्तर्गत रहने यस पदको कार्यकाल बढीमा ४ वर्षको हुनेछ। सीईओ पदमा आवेदन दिनका लागि इलेक्ट्रिकल, मेकानिकल वा सिभिल इन्जिनियरिङ अथवा […]