असार ३ बाट सर्वसाधारणका लागि आइपीओ ल्याउँदै माउन्ट एभरेष्ट पावर

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आउँदो असार ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड ८० लाख रुपैयाँ बराबर प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले […]

ग्रीनलाइफ हाइड्रोपावरको नाफा १४ प्रतिशतले वृद्धि

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खूद नाफामा वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको समीक्षा अवधि सम्ममा २ करोड ९४ लाख ११ हजार ७७ रुपैयाँ नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२४ प्रतिशत अर्थात् ३६ […]

माउन्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड

काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक  एनआईएमबि एस क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँट भएको हो। कम्पनीले वैशाख १७ गतेदेखि सोलुखुम्बुको सोलु दुध कुण्ड नगरपालिकाका स्थानीयलाई ८ लाख ६० हजार कित्ता सेयर निष्काशन गरेको थियो। यस निष्काशनमा अति प्रभाविततर्फ […]

अप्पर स्याँङ्गे हाईड्रोपावरको लक-इन अवधि असार २१ गते सकिंदै

काठमाडौं । अप्पर स्याँङ्गे हाईड्रोपावरको संस्थापक समूह तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासीन्दा र कर्मचारीहरुलाई छुट्टाइएको सेयरको लक इन अवधि असार २१ गते सकिने भएको छ । कम्पनीको कुल १५ लाख ६३ हजार कित्ता सेयरको लक-इन अवधि सकिना लागरको हो । हाल कम्पनीको संस्थापकहरुको १३ लाख ३० हजार कित्ता सेयर, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासीन्दाहरुको […]

माण्डु हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको जेठ १८ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको संचित मुनाफाबाट लाभांश दिने निर्णय गरेको हो। निर्णयअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशतका दरले हुन आउने […]

वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजनाका लागी ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक कम्पनी स्थापना

काठमाडौं । पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजना अघि बढाइएको छ । आयोजनाको कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) स्थापना गरिएको छ । करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ३० […]

सानिगाड हाइड्रोको आइपीओ बिक्री खुला, कस्तो छ कम्पनी ? हेरौं

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जेठ १८ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । यसले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी २ अर्ब ८५ करोडको […]

आगामी वर्ष १० प्रसारण लाइन निर्माण सम्पन्न गरिने

काठमाडौं । आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले ८५ अर्ब ५४ करोड विनियोजन गरेको छ । जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्न मात्रै ७० अर्ब विनियोजन भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत ऊर्जा क्षेत्रलाई रणनीतिक महत्व दिँदै उत्पादनदेखि […]

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना अघि बढ्ने भएको छ । नेपाल सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना समावेश गरेपछि आयोजनाको काम अघि बढ्ने निश्चित भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनालाई नेपाल सरकारले प्राथमिकताका […]

ऊर्जा क्षेत्रमैत्री बजेट, पीपीएमा स्पष्टता र विद्युत् व्यापारमा निजी क्षेत्रलाई अनुमति

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा ऊर्जा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले शुक्रबार प्रस्तुत गरेको बजेटमा ऊर्जा क्षेत्रका महत्वपूर्ण कार्यक्रम तथा योजनाहरु प्रस्तुत भएको देखिन्छ । विगतका सरकारले ल्याउने बजेटको तुलनामा यसपालि ऊर्जा क्षेत्रका केही महत्वपूर्ण विषयहरु बजेटमा समावेश गरिएको छ । यो पटकको बजेटमा यसअघिको […]