घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर । भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आएका छन् । आधुनिक प्रविधि र रेडिमेड कपडाको बढ्दो प्रयोगका बीच पनि परम्परागत सीपको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले रसिला ताम्राकार र हीरामाया ताम्राकारले ४२ वर्षदेखि निरन्तर रूपमा यो पेसालाई जीवित राख्दै आएका हुन् । परम्परागत चर्खा […]

उद्योग विभागले गर्यो १८ महिनामा २० अर्ब बढी लाभांश वितरण

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा गरेको लगानीको प्रतिफलस्वरूप २० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । उद्योग विभागका अनुसार पछिल्लो १८ महिनामा विदेशी लगानीकर्तालाई  लगानीको प्रतिफलस्वरूप २० अर्ब ५२ करोड २१ लाख रुपैयाँ वितरण गरिएको हो ।  चालू आर्थिक वर्षको छ महिनामा १० अर्ब ३३ करोड ४५ लाख  र गत आर्थिक वर्षमा १० […]

चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकले तोकिएको समयमा सरकार पाएर राजनीतिक निकाससँगै आर्थिक निकास पनि पाउनुपर्नेमा जोड दिए । “अहिले राजनीतिक एजेन्डाले मात्र प्राथमिकता पाइरहेको देखिन्छ, तर मुलुकको अर्थतन्त्र […]

६ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम ६ महिनामा रु ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार चालु आवको ६ महिनामा ४७५ वटा उद्योगमा रु ३९ अर्ब, चालु आबको पहिलो तीन महिनामा ३११ वटा उद्योगमा […]

अर्थले भन्यो- सार्वजनिक संस्थानको डीडीए प्रक्रिया अघि बढाउन खोज्दा समस्या देखियो

काठमाडौं । अर्थ मन्त्रालयले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका रुग्ण सार्वजनिक उद्योगको सम्पत्ति मूल्यांकन (डीडीए) गर्ने तयारी गर्दा समस्याहरु देखा परेको छ । मन्त्रालयले जनकपुर चुरोट कारखाना लिमिटेड, बुटवल धागो कारखाना, नेपाल ओरियन्ड म्याग्नेसाइट प्रालि, नेपाल मेटल कम्पनी लिमिटेड, गोरखकाली रबर उद्योग लिमिटेड, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका डीडीए गर्ने तयारी […]

सुपारी, केराउ र मरिच आयात खुलाइयो

काठमाडौं । सुपारी, केराउ र मरिचको आयात खुला गरिएको छ । सरकारले सोमबार राजपत्रमा यी वस्तुको आयात खोलेको सूचना प्रकाशन गरेको हो । सूचनाअनुरूप उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि मात्र कच्चा पदार्थको रूपमा केराउ (एचएस कोड ०७१३.१०.१०), सुपारी (एचएस कोड ०८०२.८०.००) सेतो मरिच (एचएस कोड ०९०४.११.२०) र कालो मरिच (एचएस कोड ०९०४.११.३०) आयात गर्न दिइनेछ । उत्पादनमूलक उद्योगहरुको […]

औद्योगिक कर्जा वितरण करिब १७ खर्ब पुग्यो, सबैभन्दा बढी बाग्मती प्रदेशमा वितरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले औद्योगिक कर्जा वितरण करिब १७ खर्ब पुगेको जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समय औद्योगिक कर्जाको वृद्धिदर ११.९५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा ११.९५ प्रतिशतले वृद्धि भई १६ खर्ब ९९ अर्ब ४९ करोड पुगेको […]

मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज र श्री पोलिथिन एण्ड प्लास्टिकलाई २ लाख ५० हजार जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई दुई लाख बराबरको जरिवाना गरेको छ । यस्तै, श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि काठमाडौँलाई ५० हजार जरिवाना गरेको छ । विभागका अनुसार ती उद्योगलाई उपभोक्ता संरक्षण […]

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी

चितवन । उद्योग वाणिज्य संघ, चितवनको अध्यक्षमा चिरञ्जिवी सुवेदी विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक संघको नतिजा अनुसार ५९ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा प्रत्याशी शिरिष पन्तलाई हराउँदै सुवेदी विजयी भएका हुन् । चिरञ्जिवी सुवेदीले १ हजार ४ सय ८४ मत ल्याउँदा शिरिष पन्तले १ हजार १ सय ८५ मत ल्याएका हुन् । २ […]

नेपालमा रेशम उत्पादनको ठूलो सम्भावना छ : ह्यान्डलूम फेब्रिक्स अध्यक्ष

काठमाडौं ।  ह्यान्डलूम फेब्रिक्स मेकर्स अफ नेपालका अध्यक्ष रोशन कुमार पोखरेलले सोमबार पत्रकार सम्मेलनमा नेपालमा रेशम उत्पादनको ठूलो सम्भावना भए पनि वर्तमानमा नीति र प्रविधिको अभावले उद्योगले लाभ उठाउन नसकेको बताएका छन्। उनका अनुसार, नेपालमा रेशम उत्पादनका लागि उपयुक्त वातावरण रहेको छ। उनले बताए, “यदि २२ हजार हेक्टर जमिनमा किमु खेती गरियो भने वार्षिक ५ […]