सागर डिष्टिलरीलाई आइपीओ बिक्रीको अनुमाति

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आइपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा १४ लाख ५२ हजार कित्ता सेयर बिक्रीका लागि अनुमति पाएको हो । यसले १४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर आइपीओ मार्फत बिक्री गर्दैछ ।

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका-२ मा पर्ने ऐतिहासिक खड्गभवानी कोत आन्तरिक पर्यटकहरुको गन्तव्य बनेको छ। गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र पुरातत्व विभागको आर्थिक लगानीमा कोत परिसरमा पूर्वाधार निर्माण भएपछि ६ सय वर्ष पुरानो ऐतिहासिकस्थल खड्गभवानी कोतमा आन्तरिक पर्यटकहरुको सङ्ख्या बढेको हो। खड्गभवानी कोतमा मन्दिर, पदमार्ग, तारबार, पटाङ्गिनीलगायत पूर्वाधारहरु निर्माण भएका छन्। गण्डकी प्रदेश सरकारको […]

उद्योग परिसंघमा १९ वटा समिति गठन

काठमाडौं । नेपाल उद्योग परिसंघले क्षेत्रगत रुपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ । परिसंघले समितिहरूको सभापति तथा उपसभापतिसमेत चयन गरेको हो । परिसंघले गठन गरेको समितिमा उद्योग समिति, राजस्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ तथा फाइनान्स समिति, पर्यटन समिति […]

आइपीओ बिक्रीको तयारीमा रहेको अम्बे स्टील्सको ९ महिनाको आम्दानी ६ अर्ब २८ करोड

काठमाडौं । अम्बे स्टील्स् लिमिटेडले गत आर्थिक वर्षको ९ महिनामा ६ अर्ब २८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो वर्ष अर्थात, सन् २०२४ मा ८ अर्ब ५ करोड, सन् २०२३ मा ८ अर्ब ३४ करोड, सन् २०२२ मा १० अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले […]

आइपीओ निष्कासनको तयारीमा रहेको दाउन्ने एग्रो फार्मले ९ महिनामा कमायो १ अर्ब १० करोड

काठमाडौं । आइपीओ निष्कासनको तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले गत वर्षको ९ महिनामा १ अर्ब १० करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष (सन् २०२४) मा कम्पनीले १ अर्ब २१ करोड, सन् २०२३ मा १ अर्ब १४ करोड ८० लाख, सन् २०२२ मा ५० करोड र सन् २०२१ मा ५४ करोड ६० […]

सूर्य नेपालको आम्दानी घट्यो, १ वर्षमा कमायो २८ अर्ब ८१ करोड

काठमाडौं । सूर्य नेपाल प्रा लिले आव २०८०-८१ मा (सन् २०२४) २८ अर्ब ८१ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा करिब १ प्रतिशत कम हो । सन् २०२३ मा यस कम्पनीले २८ अर्ब ९९ करोड रुपैयाँ र सन् २०२२ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको […]

गत आवमा आयो ६५ अर्ब विदेशी लगानी प्रतिवद्धता

काठमाडौं ।  उद्योग विभागले आर्थिक वर्ष २०८१/८२ मा ६४ अर्ब ९६ करोड बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । यो लगानीकर्ताले लगानीका लागि गरेको प्रतिवद्धताका आधारमा विभागले दिएको स्वीकृति रकम हो । यसअघि आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानीका लागि स्वीकृति दिइएको थियो । उद्योग विभागका […]

चिया बगानमा ‘लुपर’नामक कीराको प्रकोप

झापा । हल्दिबारी गाउँपालिकाको चिया बगानहरुमा ‘लुपर’ नामक कीराको प्रकोप फैलिएको छ । हरियो पत्ती उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरुले यसबाट ठूलो क्षति व्यहोर्नुपरेको छ । झापाको मध्यभागमा रहेको हल्दिबारी गाउँपालिकाको पाँच वटा वडाको लगभग एक हजार पाँच सय बिघा क्षेत्रफलमा फैलिएको चिया बगानमा ‘लुपर’ कीराको प्रकोप फैलिएको पालिकाका कृषि शाखाका […]

औद्योगिक ग्रामको नाममा  बेथिति : १२० वटाको घोषणा, निर्माण ४ वटा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकभर १ सय २० वटा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ । तर अहिलेसम्म कुल ४ वटा मात्रै औद्योगिक ग्राम निर्माण भएको छ । मन्त्रालयका प्रवक्ता, सहसचिव जितेन्द्र बस्नेतका अनुसार हालसम्म जम्मा चार वटा औद्योगिक ग्राम निर्माण भएका छन् । अछामको मेल्लेख गाउँपालिका, तनहुँको आँबुखैरेनी, गुल्मीको मदाने र स्याङ्जाको अर्जुनचौपारी […]

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

वालिङ (स्याङ्जा) । जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले पसल दर्ता खारेजी गर्न थालेका हुन् । आर्थिक वर्ष २०८१/८२ मा पर्यटन तथा उद्योग कार्यालयमा नयाँ उद्योग दर्ता हुनेभन्दा खारेजी हुनेको सङ्ख्या धेरै रहेको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी […]