शिक्षा र उद्योगलाई जोड्न परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी
काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षीय हितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयका तर्फबाट रजिस्टार सूर्यराज आचार्य र परिसंघका तर्फबाट महानिर्देशक घनश्याम ओझाले हस्ताक्षर गरे । उक्त अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको […]

