आठौं चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म भृकुटीमण्डपमा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५” काठमाडौंको भृकुटीमण्डपमा आगामी बिहीबारदेखि शुरु हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर एण्ड एआई प्रोजेक्ट सहित आठौं नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । चेम्बर मेलामा स्थानीय उत्पादनहरुको प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि […]

यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह अनुबन्धित

काठमाडौं ।नेपालको खाद्य बजारकै अग्रणाी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फूड्स प्रालिले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको गरेको छ । यशोदा फूड्सले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर शाहलाई नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा घोषणा गरेको हो । यशोदा फूड्सले अन्तर्राष्ट्रिय […]

बाँकेमा तीन सय उद्योग तथा फर्म खारेज

बाँके । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ६ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ दुई सय ३८ उद्योग तथा […]

उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजका ऋण दिने व्यवस्था मिलाएको हो । नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ । […]

६ महिनामा करिब २६ अर्ब विदेशी लगानी प्रतिवद्धता

काठमाडौं । पछिल्लो समय नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा करिब २६ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता (एफडीआइ) रकम आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पुसमसान्तसम्म विदेशी लगानी प्रतिबद्धतास्वरूप २५ अर्ब ७७ करोड ६४ लाख ८८ हजार रुपैयाँ आएको हो । सो प्रतिबद्धता ३ सय ५४ वटा उद्योग स्थापना र १० हजार दुई सय […]

सिमेन्टको मूल्यवृद्धिबारे संसदीय समितिले अध्ययन गर्ने

काठमाडौं । सिमेन्टको अस्वाभाविक मूल्यवृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । दुई महिनामा प्रतिबोरा तीन सय रुपियाँसम्म मूल्यवृद्धि भएपछि त्यसको प्रत्यक्ष असर सर्वसाधारण उपभोक्ता र विकास निर्माणको काममा परेको छ । सिमेन्ट उद्योगीले मनपरी सिमेन्टको मूल्य बढाएको गुनासो निर्माण व्यवसायीको छ । निर्माण व्यवसायी महासङ्घका अनुसार सिमेन्ट उद्योगीहरूको मिलेमतोमा मूल्यवृद्धि गराइएको हो । महासङ्घका अध्यक्ष […]

पाथीभरा देवी जाने केवलकारको निर्माण सुरु

काठमाडौं । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिर  पाथीभरा जाने  देवी  मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिएका हुन् । उनले जिल्लाका सबै राजनीतिक दलहरू, माननीयहरू, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको […]

कम्पनीले बुझाउनु पर्ने सुचना र जानकारी असार मसान्त सम्म बुझाएमा ९० प्रतिशत छुट पाउने

काठमाडौं । नेपाल सरकारले कुनै कम्पनी व्यासायीक फर्मले कम्पनी रजिष्टार कार्यलयमा बुजाउनु पर्ने विवरण सुचना जानकारी नबुझाएको भएमा र त्यस्तो कम्पनी फर्मले  कम्पनी रजिष्टारको कार्यालयमा कार्यालयमा बुझाउन चाहेर विवरण, सूचना वा जानकारी २०८२ साल असार मसान्तभित्र बुझाएमा  लाग्ने  बिलम्ब शुल्क र जरिबानामा ९० प्रतिशत छुट दिने भएको छ । सो कुराको जानकारी   कम्पनी रजिष्टारको एक […]

१ खर्ब १६ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौ ।  भन्सार विभागले आयात व्यापारमा पेट्रोलियम पदार्थको वर्चस्व रहेको बताएको छ ।  विभागका अनुसार चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा सबैभन्दा बढी परिणाममा पेट्रोलियम पदार्थ एक खर्ब १६ अर्ब ३१ करोड रुपैयाँको आयात गरिएको छ । समीक्षा अवधिमा पेट्रोलियम पदार्थ मध्ये डिजेल ५४ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ, पेट्रोल ३२ अर्ब १४ करोड ९३ […]

२२ वर्षका इन्जिनियरले ५० लाख लगानीमा गाउँमै सुरु गरे इँटा उद्योग

इलाम । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो। उनी २२ वर्षको उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनिर’ उत्तीर्ण गरेर गाउँ फर्किएका थिए। ‘पन्ध्र लाख लगानीमा सुरु गरेको उद्योगमा हाल ४५ लाख लगानी पुगेको छ,’ उनले भने, ‘अहिलेसम्म साना–ठुला गरी चार सय ५० भवन निर्माणमा तीन लाख पचास […]