नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ आयोजना हुँदै

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालि र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल)ले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरु सम्बन्धि बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण यहि माघ ४, ५ र ६ गते काठमाण्डौ […]

 जस्मिन पेन्ट्सले आइपिओ जारी गर्ने

काठमाडौं ।  जस्मिन पेन्ट्स लिमिटेडले सर्वसाधारणको लागि  साधारण शेयर निश्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ प्रति शेयर अंकित मुल्य दरका ५ लाख कित्ताले हुन आउने रकम पाँच करोड रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । आइपिओ जारी गर्न कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ […]

आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ, अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु पर्ने […]

१ हजार ३१४ छनौट हुदाँ ३ हजार ८४४ स्टार्टअप परियोजना प्रारम्भिक चरणबाट बाहिरियो

काठमाडौं । स्टार्ट अप उद्यम गर्ने आवेदकले समान्य विषय समेत बुझन नसक्दा प्रारम्भिक चरणमा नपुग्दै ३ हजार ८४४ वटा परियोजनाहरु फालिन पुगेका छन् । चालु आर्थिक वर्ष २०८१८२ का लागि ५ हजार १५८ वटा प्रस्ताव परेकोमा १ हजार ३१४ वटा परियोजना अर्थात् आवेदन औद्योगिक विकास प्रतिष्ठानले स्वीकृत गर्दै बाँकी ३ हजार ८४४ वटा परियोजन प्रारिम्भक […]

उद्योगहरूले समयमा कार्यक्रम र खर्चको विवरण नबुझाए जरिवाना

काठमाडौं । उद्योग विभागले ठुला तथा मझौला उद्योगसँग आर्थिक वर्षमा सम्पन्न गरेको कार्यक्रम र कार्यक्रममा गरेको खर्चको विवरण माग गरेको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै आर्थिक वर्ष समाप्त भएको ६ महिना नाघेकाले तत्काल विभागमा विवरण पेस गर्न आग्रह गरेको हो । समयमा पेस नगरे उद्योगको वार्षिक खुद मुनाफाको १.५ प्रतिशत रकम जरिवाना […]

अबदेखि सरकारी निकायले स्वदेशमा उत्पादित सामग्रीको प्रयोग गर्नुपर्ने

काठमाडौं । अबदेखि हरेक सरकारी निकायले स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उत्पादित स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने व्यवस्था गरिने भएको छ । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिक २०८१ जारी गरेको छ । स्थानीयस्तरमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन […]

नारायणी नदी किनारमा यही पुस २५ देखि चितवन महोत्सव

काठमाडौं । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा यही पुस २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सव–२०८१ आयोजना हुने भएको छ । १५ औं संस्करणका रुपमा आयोजना गर्न लागिएको यस वर्षको महोत्सवमा अन्तरराष्ट्रिय व्यावसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता रहने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा चीनका उद्योग वाणिज्य संघहरुको समन्वयमा चीनका […]

१५ अर्ब लागतको परियोजना कार्यान्वयन गर्न सम्राट सिमेन्ट र लगानी बोर्डबीच

काठमाडौं । सम्राट सिमेन्ट प्रालिले १५ अर्ब लागत बराबरको परियोजना कार्यान्वयन प्रक्रिया सुरू गर्न लगानी बोर्ड नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । आज एक कार्यक्रमबीच लगानी बोर्ड र सम्राट सिमेन्टले परियोजना कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा सुरू गर्नेसम्बन्धी समझदारीपत्र ९एमओयु० भएको हो । समझदारीपत्रमा सम्राट सिमेन्ट प्रालिका अध्यक्ष अनिलकुमार रुङ्गटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत […]

सेजका कार्यकारी निर्देशकमा कटुवाल

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा छत्रबहादुर कटुवाल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सेजको रिक्त कार्यकारी निर्देशक पदमा कुटवाललाई नियुक्त गरेको हो । प्राधिकरण कार्यकारी निर्देशक सिफारिस समितिले प्रतिस्पर्धीमध्ये सर्वोत्कृष्ट कटुवाल रहेको भन्दै पहिलो नम्बरमा उनको नाम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पठाएको थियो । कार्यकारी निर्देशक पदका लागि छनौट […]

नेपालभर १ लाख ४२ हजार होटल तथा रेष्टुरेन्ट, ३ खर्ब २६ अर्ब आम्दानी

काठमाडौं । नेपालभर करिब डेढ लाख होटल तथा रेष्टुरेन्ट रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको सर्वेक्षणले १ लाख ४२ हजारभन्दा बढी राष्ट्रिय होटल तथा रेष्टुरेन्ट अर्थात् आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठान रहेको बताएको हो। सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानहरूको संख्या भने कुल १ लाख ४२ हजार २२३ रहेका छ । […]