घोराही सिमेन्टको लाभांश घोषणा, साधारण सभा मिति पनि तय

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १२ गते बसेको सञ्चाल समिति बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत गरी कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले उक्त पस्ताव पेश गर्न पुस १४ गते, सोमबार, दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नं. १५ […]

सामाजिक सुरक्षा कोषको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाऔं : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउनु पर्नेमा जोड दिएका छन् । सिंहदरबारमा बिहीबार आयोजित सामाजिक सुरक्षा कोषको ८औँ वार्षिक उत्सव समारोह बोल्दै अध्यक्ष ढकालले कोषको रकमलाई सुरक्षित, दिगो र प्रतिफलमुखी उपयोगमा लैजानु पर्ने बताए । “नेपालमा संस्थागत रुपमा रहेका यस्ता रकम बैंकको […]

५ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुनको कति ?

काठमाडौं । कृषि विकास बैंक, बरुण हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, ङादी पावर र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजना भएको छ । नेप्सेका अनुसार कृषि विकास बैंकको ३.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ३२८.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात सेयर भाउ ३१८.५५ रुपैयाँ कायम […]

उद्योग, वाणिज्य र आपूर्ति क्षेत्र सुधार्न मन्त्रालयले ल्यायो ३९ बुँदे कार्ययोजना

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले तत्काल सुधार कार्यायोजना कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले उद्योग, वाणिज्य र आपूर्ति क्षेत्र सुधारका लागि समयसीमा तोकेर ३९ बुँदे कार्ययोजना ल्याएको हो । व्यावसायिक सुशासन प्रवर्द्धनका लागि नीतिगत तथा कानुनी सहजीकरण, गरिबी निवारणका लागि लघुउद्यम विकास, दलित समुदायको परम्परागत तथा मौलिक पेसाको संरक्षण […]

स्टार्टअप कर्जा लिन १० हजार बढी उद्यमीद्वारा प्रस्ताव पेश

काठमाडौं । नवीन उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले प्रदान गरिने स्टार्टअप कर्जा लिन यस वर्ष १० हजारभन्दा बढी उद्यमीले आफ्ना परियोजना प्रस्ताव पेस गरेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले १९ कात्तिकमा २१ दिनको समयसीमा तोकेर स्टार्टअप कर्जाका लागि आवेदन खुला गरेको थियो । ९ कात्तिकमा सकिएको समय सीमाभित्र १० हजार २ सय ४४ उद्यमीले प्रस्ताव […]

सिमेन्ट कम्पनीहरुले ३ महिनामा कमाए करिब ४५ करोड नाफा, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । सूचीकृत सिमेन्ट कम्पनीहरुले चालु आर्थिक वर्षको ३ महिनामा ४४ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् । ४ वटा कम्पनीले समग्रमा  करिब ४५ करोड नाफा आर्जन गरेका हुन् । शिवम् सिमेन्ट्स, सर्वोत्तम र सोनापुरको खुद नाफा  धनात्मक छ । यता, घोराहीले भने १२ करोड ८० लाख घाटा व्यहोरेको छ । रिपोर्ट अनुसार शिवम् […]

अर्घाखाँची सिमेन्टलाई किन तिराइयो दुई लाख बढी जरिवाना?

काठमाडौं । उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ। विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो। विभागले आइतबार रूपन्देही र काठमाडौँका […]

ट्रेड युनियनको आन्दोलनले योयो प्लाइउड उद्योग बन्द, छ सय बढी मजदुर बेरोजगार

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत छ सयभन्दा बढी मजदुरहरू रोजगारविहीन हुन पुगेका छन् । ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक ट्रेड युनियनको नाममा भएको आन्दोलनका कारण देखाउँदै व्यवस्थापनले उद्योग बन्द गरेपछि मजदुरको रोजगारी खोसिएको हो । रोजगारी गुमेपछि मजदुरहरू अहिले मजदुर सङ्गठनभन्दा पनि […]

श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । सश्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) को साधारण शेयर सूचीकरण गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज  र श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००।- कायम भएको १,६३,१२,५०० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष नबिल इनभेष्टमेन्ट बैंकिङ्ग लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री […]

महिला चेम्बरद्धारा १ सय नवप्रवद्र्धनलाई स्टार्टअप कर्जा अभिमूूखीकरण सम्पन्न

काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज स्टार्टअप उद्यमशिलता अभिमूूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसंगको सहकार्यमा महिला चेम्बरले गरेको स्टार्टअफ उद्यमशिलता कार्यक्रमबाट १ सय भन्दा बढी नवप्रवद्र्धनहरु लावान्धित भएका थिए । सरकारले शुरु गरेको स्टार्टअप कर्जा लिन चाहनेका लागि कर्जा प्रक्रीया, उद्योगको प्रकृति लगायतका […]