बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न: नेपालगंजकि बुढाले जितिन् जापान भ्रमणको अवसर

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरि २०८२ भाद्र १ देखि २०८२ कार्तिक मसान्तसम्म संचालन गरेको ग्राहक उपहार योजना “चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग” को बम्पर उपहार बिजेता घोषणा गरेको छ। कम्पनीका ब्राण्ड एम्बेसेडर पारस खड्काको बिशेष उपस्थितिमा एक कार्यक्रमका बिच उनकै हातबाट लक्की ड्र कुपन मार्फत बिजेताको घोषणा गरिएको हो । पुष […]

‘घर निर्माण फेस्ट २०८२’  हुँदै , विश्व कीर्तिमानी इटाको प्रदर्शनसँगै २ अर्बको कारोबार गरिने

काठमाडौं । घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधि, किफायती समाधान, गुणस्तरीय निर्माण सामग्री तथा नवीन जिन जोडते उद्देश्यका साथ ‘घर निर्माण फेस्ट २०८२’ आयोजना गरिने भएको छ । काठमाडौं भृकुटीमण्डपमा पुस १२ देखि सञ्चालन हुने आयोजनामा घर निर्माण फाउन्डेशनको आयोजनामा हुन लागेको यस फेस्टले घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि लिएर निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा […]

रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा माग भन्दा २२ गुणा बढी आवेदन, कतिले भरे ?

काठमाडौं । बुक बिल्डिङ विधिबाट आइपीओ बिक्री खुला गरेको रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा माग भन्दा २२ गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिहीबार बिहान १० बजेर ५ मिनेटमा यस आइपीओमा ३ लाख ९१ हजार २९२ जनाले २ करोड ६ लाख ८७ हजार ८७० कित्ताका लागि आवेदन दिएका छन् । यो माग […]

चन्द्र ढकालको प्रश्नः जुनसुकै आन्दोलनमा निजी क्षेत्र माथि किन आक्रमण हुन्छ ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विगतदेखि गत भदौको जेनजी आन्दोलनमा समेत पहिलो तारो निजी क्षेत्र नै बनेको बताएका छन् । कोहलपुरमा आयोजित कोहलपुर महोत्सवको उद्घाटन गर्दै उनले प्रश्न गरे- चाहे त्यो २०६२/६३ को जनआन्दोलन होस् या गत चैतको, अथवा गएको भदौको जेनजी आन्दोलन होस्, सधैँ निजी क्षेत्र नै आक्रमणको तारो […]

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी । गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु क्रसिङ (उखु पेल्न) थालेको छ । उद्योगले सोमबार यस वर्षको चिनी उत्पादनका लागि क्रसिङ थालेको हो । गत वर्ष उद्योगले मङ्सिर २६ गते नै क्रसिङ थालेको थियो । गत वर्षभन्दा दुई साता ढिलो उद्योग सञ्चालन गरिए पनि उद्योगलाई भने उखु पर्याप्त पुगेको छैन । किसानले […]

गाउँमै उद्योग स्थापना भएपछि किबी उत्पादन गर्ने किसानलाई राहत

धनकुटा । गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ किबी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले काठमाडौंबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसान लाभान्वित भएका हुन् । ठूलो किबी बजारमा सहजै बिक्री भए पनि मझौला तथा […]

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं । सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम् सञ्चालन हुने भएको छ । यसैगरी हेटौँडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गरिनेछ । नेपाल उद्योग परिसङ्घ र नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेडबीच ती औद्योगिक क्षेत्र निर्माण एवं सञ्चालन गर्ने विषयमा शुक्रबार समझदारी भएको हो । सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र […]

निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिवद्ध छ : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधवार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा उनले सरकारले निजी क्षेत्रको मनोबल उकास्न र लगानीका लागि सकारात्मक वातावरण बनाउन खोजिरहेको बताए । उनले जेन–जी आन्दोलनका क्रममा गरिएको संगठित अपराधलाई छुट नदिइने समेत प्रतिबद्धता जाहेर गरे । उनकाअनुसार जेन–जीसँगको […]

पाँच महिनामा आयो साढे ३८ अर्ब एफडीआई प्रतिवद्धता

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरुले साढे ३८ अर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिवद्धता गरेका छन् । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिना (मंसिरमसान्तसम्म) मा विदेशी लगानी प्रतिबद्धता (एफडीआई) स्वरूप ३८ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ आएको छ । उक्त लगानी प्रतिवद्धता प्रत्यक्ष सहभागी मार्गबाट र स्वचालित मार्ग गरी दुईवटा मार्गबाट आएका […]

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको साधारण सभा पुस २४ गते ,बुकक्लोज कहिले ?

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको पुस २४ गते साधारण सभा बोलायको छ । सभा क्लब डे नोभो प्रा. लि. को सभाकक्ष, कालिकानगर, बुटवल, रुपन्देही बिहान ११ बजे सुरु हूनेछ । सभामा लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वासलात, आ. व. २०८१\०८२ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसंग सम्बन्धित अनुसूचिहरु उपर छलफल […]