नेपाल उद्योग व्यापार महासंघ र इन्डियन इन्डस्ट्रिज एशोशिएसनबीच सम्झौत

काठमाडौं । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र इन्डियन इन्डस्ट्रिज एशोशिएसन (आईआईए) बीच द्विपक्षीय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । तेस्रो लगानी सम्मेलनका क्रममा आज उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा एफएनआइसीका तर्फबाट अध्यक्ष खिमलाल भण्डारी र आईआईएका तर्फबाट अध्यक्ष अनुजकुमार गर्गले हस्ताक्षर गरे । नेपाल र भारतबीचको लगानी, व्यापार तथा उद्योग क्षेत्रमा आपसी सहकार्य तथा […]

धनुषाका १ सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

जनकपुर । आर्थिक मन्दीका कारण धनुषामा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा एक सय ७३ उद्योग तथा व्यवसाय बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्त उद्योग तथा व्यवसाय बन्द भएका हुन् । ती उद्योगमा कार्यरत करिब दुई हजार मजदुर बेरोजगार भएका छन् । उद्योग बन्द हुँदा करोडौँ घाटा भएको छ […]

रसियाका उद्यमीलाई लगानी गर्न परिसंघको आग्रह, व्यवसायिक सम्बन्ध समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यवसायिक संस्थाहरुबीच दुई पक्षिय हितका विषयमा छलफल भएको छ। बुधबार परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरुबीच भएको व्यवसायिक छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गरे। लगानीका लागि नेपाल उर्बर भूमी रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकबीच रहेकाले नेपालमा लगानी […]

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको छ । भानु नगरपालिका–३ खहरेमा औद्योगिक ग्राम निर्माणका लागि रु एक करोड बजेट प्राप्त भएसँगै प्रक्रिया प्रारम्भ भएको हो । खहरे बजार नजिकको करिब ५८ रोपनीमा औद्योगिक ग्राम निर्माणका लागि चालु आर्थिक वर्षमा उक्त बजेट प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले […]

नेपाली चिया निर्यातमा भएको अवरोध तत्काल खुलाउन मागः महासंघ

काठमाडौं । एक सातादेखि गुणस्तर परिक्षणको नाउंमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । दक्षिण छिमेकी भारत नेपालको सबैभन्दा बढी वैदेशिक व्यापार हुने मुलुक पनि हो । नेपालको वैदेशिक व्यापारको करिव दुई तिहाई हिस्सा ओगटेको भारतले हरेक वर्ष जस्तै नेपाली कृषि […]

ह्ववासिन नारायणी सिमेन्टलाई ६ अर्ब ६३ करोड ४० लाख लगानी थप्न स्वीकृति

काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजनासम्बन्धि प्रस्ताव तयार पारेको छ। प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा लगानी बोर्डको ५८ औं बैठकले वैशाख १६ देखि १७ गतेसम्म आयोजना हुने तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्ववान गरिने, सोकेश गरिने, मार्केट साउण्डिङ्ग गरिने विभिन्न परियोजनाहरूको सूची स्वीकृति गरेको छ। […]

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका हुन । परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ । परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरु रहेका छन। परिषदले सरकार […]

७ प्रतिशतले बढ्यो विदेशी लगानी प्रतिवद्धता

काठमाडौं ।   विदेशी लगानी प्रतिबद्धतामा सात प्रतिशतले वृद्धि भएको छ । चालू आर्थिक वर्षको नौ महिना ९साउन–चैत०मा मुलुकमा आउने प्रत्यक्ष विदेशी लगानी एक अर्ब ९८ करोड ७६ लाख रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको नौ महिनामा २८ अर्ब ११ करोड १८ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएकामा यस वर्ष चैतसम्म ३० अर्ब नौ करोड ९५ लाख रुपैयाँ […]

रुपन्देहीमा १७ सय साना तथा घरेलु उद्योग दर्ता

काठमाडौं ।  रुपन्देहीमा चालू आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा एक हजार सात सय ७५ उद्योगहरू दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय भैरहवाका अनुसार उद्योगतर्फ छ सय ७९ र वाणिज्य फर्मतर्फ एक हजार ९६ उद्योगहरू दर्ता भएका हुन् । यस्तै, उद्योगतर्फ एक हजार पाँच सय ८४ र वाणिज्यतर्फ चार गरी जम्मा एक हजार पाँच […]

३४ प्रतिशतले घट्यो विदेशी लगानीकर्ताको लाभांश

काठमाडौं । विदेशी लगानीकर्ताले यस आर्थिक वर्षको नौ महिनामा गतवर्षको सोही अवधिको तुलनामा कम लाभांश लगेका छन् । गतवर्ष अर्थतन्त्रमा देखिएको संकुचनको असर वैदेशिक लगानीका उद्योग व्यवसायमा पनि परेको र त्यसको परिणाम लाभांश वितरणमा परेको देखिन्छ । उद्योग विभागका अनुसार विदेशी लगानीकर्ताले लैजाने लाभांश चालू आर्थिक वर्षको नौ महिनामा ३४ दशमलव ३० प्रतिशतले कमी आएको छ । गत […]