नेपाल लाइफद्वारा किओचलाई बाल अस्पताल निर्माण गर्न १ करोडको सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको गैर नाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो […]

एक दर्जन बढी जीवन बीमा कम्पनीले  घोषणा गरे बोनसदर

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को लागि हालसम्म १३ बीमा कम्पनीले बोनसदर घोषणा गरेका छन् । हालसम्म सन नेपाल लाइफ इन्स्योरेन्स, एशियन लाइफ, हिमालयन लाइफ,नेशनल लाइफ, प्रभु महालक्ष्मी लाइफ , एलआइसी नेपाल, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, सूर्यज्योति लाइफ इन्स्योरेन्स, मेट लाइफ, सिटिजन लाइफ, नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सले घोषणा गरेका हुन् […]

रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय

काठमाडौं । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ मा स्थित रसुवागढीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई सरकारले क्षतिपूर्ति दिने निर्णय गरेको छ । मृतकका परिवारलाई जनही २ लाखको दरले नगद दिने निर्णय गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले बताए । उनले भने,‘मृतकका परिवारलाई २ लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरेका छौँ […]

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख रुपैयाँ सुविधा पाउने

काठमाडौं ।  स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले आफ्नो पूर्व प्रतिबद्धताअनुसार आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख रुपैयाँ सुविधा प्राप्त गर्न सक्ने उल्लेख गरेका छन् । ‘कडा रोग लागेर स्वास्थ्य […]

आगामी आवको वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्राधिकरणद्वारा आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अध्यक्ष शरद ओझाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सोही नीति तथा कार्यक्रम बमोजिम प्राधिकरणले आगामी आर्थिक वर्षका कार्यक्रम र बजेट तर्जूमा गरी […]

बैंकको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी साढे ६ खर्ब बढी

काठमाडौं । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी पौने १३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । चालु आर्थिक वर्षको जेठसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ […]

बीमा व्यवसायमा इमान्दारिता र सुशासन अपनाउन प्राधिकरण अध्यक्ष ओझाको निर्देशन

काठमाडौं ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा पेशाप्रति इमान्दार बन्न र बीमा व्यवसाय दिगो हुनेगरी काम गर्न बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमकका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूसँग आयोजित छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले बीमा पेशाका राम्रा र नराम्रा […]

आईएमई लाइफ इन्स्योरेन्सद्वारा पहिलो एभरेष्ट क्लब बीजेता घिमिरे सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको क्लब योजनामध्येको सर्वोच्च क्लब “एभरेष्ट क्लब” मा पुग्न सिनियर एजेन्सी म्यानेजर लक्ष्मी घिमिरेले सफल भएकी छिन् । उक्त क्लबको लक्ष्य पुरा गर्ने पहिलो एजेन्सी म्यानेजर घिमिरे हुन्। सो अवसरमा केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको छ । आफ्ना अभिकर्ताहरुलाइ प्रेरणा […]

ललितपुर महानगरका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा महागनरले गरिदिने

काठमाडौं । ललितपुर महानगरले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बिमा गरिदिएको छ । महानगरपालिकाले बुधबार स्वास्थ्य बिमा बोर्डसँग स्वास्थ्य बिमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत रु एक करोड भुक्तानीसमेत गरिएको जनाएको छ । समझदारीपत्रमा महानगरप्रमुख चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन।  सम्झौताअनुसार महानगरले नगर प्रहरी, […]

बीमा व्यबस्थामा रहेका समस्याहरुको समाधान गर्न प्राधिकरणलाई संघको आग्रह

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा व्यवस्थामा रहेका समस्याहरुको समाधान गर्न नेपाल बीमा प्राधिकरणलाई अनुरोध गरेको छ । नेपाल पुनर्बीमा कम्पनीहरुलाई दिई आएको प्रत्यक्ष हिस्सा, स्थानीय पनर्बीमा कम्पनीका सम्वन्धमा भएको व्यवस्था, जगेडा कोष तथा नेपाल पुनर्बीमा कम्पनीमा प्रतिनिधित्वका सम्वन्धमा हाल उल्लेखित प्रावधानहरुबारे संघले प्राधिकरणको ध्यानाकर्षण गराएको छ । नेपाली पुनर्बीमा कम्पनीहरुलाई दिई आएको […]