‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमकहरूलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ ।, जसअनुसार, लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन […]

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० ले पाए शेयर

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओको बाँडफाँड मंगलबार सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर सय रुपैयाँ अंकित दरमा १८ लाख ४५ हजार कित्ता साधारण शेयरका लागि फागुन २२ गते देखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । […]

सन नेपाल लाइफ इन्स्योरेन्सलाई २७ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त गरेको छ। सेबोनले कम्पनीलाई चैत ३ गते अनुमति प्रदान गरेको हो। हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ। अनुमति पाएसँगै कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको […]

सानिमा जिआईसी इन्स्योरेन्सले बोलायो साधारण सभा, बोनश शेयर वितरण गर्ने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चैत २१ गते सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सञ्चालन समितिको १५७ औं बैठकले चैत २१ गते बिहीबार बिहान ११ बजे कालिकास्थान, काठमाडौंमा वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी साधारण सभामार्फत् नगद लाभांश र बोनश शेयर वितरण गर्ने तयारी समेत गरेको छ […]

रिलायबल नेपाल लाइफको बोनसदर सार्वजनिक

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरण्णले फागुन २६ गते स्वीकृति दिएपछि नयाँ बोनसदर सार्वजनिक गरिएको हो। कम्पनीले रिलायबल सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार ५० रुपैयाँदेखि ७५ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको […]

बीमा प्राधिकरणको नवनियुक्त सञ्चालक पोखरेलद्वारा सपथ ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष लिएकी हुन् । गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा कोही […]

लाइफ इन्स्योरेसन्स कम्पनीको सञ्चालक समितिमा कोमल अग्रवाललाई निरन्तरता

काठमाडौं लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा कोमल अग्रवाललाई नियुक्त गरिएको छ । कम्पनीमा यस अघि पनि सञ्चालक समितिले अग्रवाललाई सञ्चालनको जिम्मेवारी दिएको थियो । फागुन २५ गते अग्रवालको कार्यकाल समाप्त भए सँगै उनलाई सञ्चालकको जिम्मेवारी पुन दिइएको हो । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालमा पुनः जिम्मेवारी दिने निर्णय गरेको थियो ।

नेपाल लाइफ इन्स्योरन्सका तीन जना संचालकहरु निर्वाचित

काठमाडौं । नेपाल लाइफ इन्स्योरन्सका तीन जना संचालकहरु निर्वाचित भएको छ । इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते वीरगन्जमा सम्पन्न भएको छ । उक्त निर्वाचनबाट बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका छन् […]

शिखर इन्स्योरेन्सको दुई दशक पुरा, कम्पनीसम्बन्धी छोटो चलचित्र सार्वजनिक

काठमाडौं । निर्जीवन कम्पनी शिखर इन्स्योरेन्सले दुई दशक यात्रा पुरा गरेको छ । यसै अवसरमा कम्पनीले शिखर इन्स्योरेन्सको विषयवस्तु आधारित चलचित्र सार्वजनिक गरेको हो । ‘चलचित्रले हाम्रा ग्राहकहरूको जीवनका आरोह–अवरोहमा साथ दिँदै बिताएका २० अद्भुत वर्षहरूलाई उजागर गर्छ,’ कम्पनीले जारी विज्ञप्तिमा भनिएको छ । यस चलचित्रले ग्राहकहरूले कम्पनी माथि देखाएको विश्वास र दृढतासँगै, उनीहरूको जीवनमा […]

प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । प्राधिकरणको संचालक समितिको आज बसेको बैठकले पदपूर्ति समितिको सिफारिशमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो । नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेका छन् ।