बीमा रकम प्राप्त गर्ने मनसायले आफ्नै पसलमा आगो लगाउने व्यक्ति पक्राउ

कास्की । पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड स्थित आफ्नै पसलमा आगो लगाउने एक जना व्यक्ति पक्राउ परेका छन् । न्यूरोड स्थित शर्मा आईटी हबमा यही फागुन १६ गते आगलागी भएको थियो । आगलागी हुदा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिई तत्काल दमकलको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो […]

सानिमा रिलायन्स लाइफको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज नेप्सेले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ४३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । नेप्सेले कम्पनीको १.२४८९ प्रतिशत बोनस शेयर समायोजन गरेको […]

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ  ।  कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र […]

आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्सको ९.७४ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको ९.७४ प्रतिशत नगद लाभांश पारित भएको छ । कम्पनीको फागुन २५ गते सम्पन्न २७औँ बार्षिक साधारण उक्त नगद लाभांश पारित गरेको हो । कम्पनीका अध्यक्ष हेमराज ढकालले समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको जानकारी दिए । यो गत आव भन्दा २.८ प्रतिशतको वृद्धि […]

बीमा कम्पनीहरुको ६ अर्ब बढीको हकप्रद स्वीकृति अन्तिम चरणमा, बोर्डको अनुमति पर्खर्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेको बीमा कम्पनीहरुको हकप्रद स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा रहेको छ । बीमा कम्पनीहरुको ६ अर्ब ३ करोड भन्दा बढीको हकप्रद शेयर निष्काशन स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा अर्थात् पाइपलाइनमा रहेको हो । नेपाल बीमा प्राधिकरणको चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा दिएको निर्देशन बमोजिम बीमा कम्पनीहरुले उक्त […]

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज फागुन २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। कम्पनीले चैत्र ८ गते साधारणसभा बोलाएको छ । […]

विनोद चौधरीको कम्पनीले २४ करोड कीर्ते बीमा दाबी गरेको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले सतुङ्गलस्थित गोदाममा भएको आगलागी प्रकरणमा उद्योगी विनोद चौधरीको कम्पनी सिजी इलेक्ट्रोनिक्सले क्षतिभन्दा बढी बीमा दाबी लिएको ठहर गरेको छ। न्यायाधीश नहकुल सुवेदी र महेश शर्मा पौडेलको इजलासले मंगलबार उच्च अदालतको फैसलालाई सदर गर्दै सिजी इलेक्ट्रोनिक्सले २४ करोड रुपैयाँ कीर्ते दाबी गरेको निर्णयलाई सही ठहर गरेको हो। २०६९ असोज ८ मा सिजी इलेक्ट्रोनिक्सको […]

नेपाल लाइफले चैत २ गते सञ्चालकको निर्वाचन गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी चैत २ गते सर्वसाधारण शेयरधनीहरू (समूह ख) को स्थगित सञ्चालकको निर्वाचन प्रक्रिया पुनः थाल्ने भएको छ। कम्पनीको गत माघ २८ गते बसेको २५ औं वार्षिक साधारणसभाले सर्वसाधारण शेयरधनीहरू (समूह ख) को निर्वाचन स्थगन गरी बाँकी अन्य प्रस्तावहरू पारित गरेको थियो। सोही स्थगित निर्वाचनको बाँकी प्रक्रिया चैत २ […]

स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका भुक्तानी लागि पौने ४ अर्ब थप निकासा

काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन् । जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु […]

बीमा क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा सुनिश्चित गर्न पूर्वअध्यक्षहरुको नवनियुक्त अध्यक्ष ओझालाई सुझाव

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बीमा क्षेत्रलाई सुव्यवस्थितरूपले अघि बढाउने सन्दर्भमा विगतका अनुभव, चुनौतीहरूको सामना गर्न विगतमा चालिएका कदम, समस्याहरूको समाधानका लागि गरिएका काम र बीमा क्षेत्रको अपेक्षा लगायतका विषयमा प्राधिकरणका पूर्वअध्यक्षहरूसँग छलफल गरेका छन् । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज आयोजित भेटघाट एवम् छलफल कार्यक्रममा प्राधिकरणका पूर्वअध्यक्षहरू […]