नेपाल बीमा प्राधिकरणमा इजलास आजबाट सञ्चालनमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीसम्बन्धी उजुरी सुनुवाइका प्रयोजनाका लागि इजलास सञ्चालन ल्याएको छ । ललितपुरस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहीबार देखि इजलास सञ्चालनमा ल्याएको हो । प्राधिकरणका अध्यक्ष शरद ओझाले बिहीबारदेखि बीमा दाबीसम्बन्धी उजुरी सुनुवाइका लागि इजलास सञ्चालन गरेका हुन् । उनले उजुरी छिटो फर्छ्यौट गर्ने प्रतिबद्धता जनाए अनुरुप उक्त कामको थालनी गरेको बताए […]

नेपाल पुनर्बीमाको नाफा ५८ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीबार प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा ५७.७१ प्रतिशत बढी खुद नाफा गरेको छ। कम्पनीले गत वर्षको पुस मसान्तसम्म ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा बढेर ५३ करोड […]

बीमा कम्पनीहरूले किन हकप्रद शेयरमा जोड दिदै छन् ?

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुले हकप्रद शेयर निष्कासनका लागि धमाधम नेपाल धितोपत्र बोर्डबाट अनुमति माग गरेको छन् । सोहि क्रममा चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्म ६ वटा बीमा कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति प्राप्त गरिसकेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार बाँकी ४ वटा बीमा कम्पनीले हकप्रद शेयर निष्कासनका लागि अनुमति पर्खिरहेका […]

हिमालयन लाइफले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश पारित लगायतका निर्णयका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले असार १० गते अठारौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता […]

इसेवाको नयाँ अफरः जीवन बीमा नवीकरणमा ५० हजार रुपैयाँ उपहार

काठमाडौं । जीवन बीमाको महत्त्वलाई उजागर गर्दै सहज जीवन बीमा नवीकरण तथा प्रिमियम भुक्तानीलाई जोड दिन नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले जीवन बीमा नवीकरणमा विशेष अफर ल्याएको छ। इसेवाबाट नेपालको कुनै पनि जीवन बीमा कम्पनीको पोलिसी नवीकरण गर्ने एक भाग्यशाली विजेताले  ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्! यसका साथै, १४ वटा जीवन बीमा […]

स्वास्थ्य बीमाको बाँकी रकम एक वर्षभित्र भुक्तानी गरिने

काठमाडौं । स्वास्थ्य क्षेत्रमा बजेट बढेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ । गत आवमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको थियो । सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक बजेट पेस गर्दै स्वास्थ्य […]

सानिमा रिलायन्स धन सञ्चय जीवन बीमा योजना, आफु रहँदा आफैलाई अनि आफु नरहँदा परिवारलाई

काठमाडौं । जीवनमा आइपर्न सक्ने जोखिमहरू जस्तै रोग ब्याधी, प्राकृतिक प्रकोप, दुर्घटना वा अन्य कारणबाट आफू र आफ्नो परिवारलाई आर्थिक भार थपिन जान्छ । यस्तो अवस्थामा तपाइको परिवारको आर्थिक अवस्था र जीवनको अन्य अनिश्चित अवस्थाहरूलाई सुरक्षित राख्न उचित तयारी गर्नुपर्ने हुन्छ । आफू रहँदा आफूलाई र आफू नरहँदा परिवारलाई पनि हुने गरेर तयारी गर्नु उतम […]

मधेस प्रदेशमा निर्जीवन बिमाबाट दुई अर्ब १५ करोड सङ्कलन

वीरगञ्ज (पर्सा) । नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बिमातर्फ दुई अर्ब १५ करोड ७६ लाख बिमा शुल्क सङ्कलन गरेको छ । सोही अवधिमा भने निर्जीवन बिमातर्फ जारी बिमा लेख सङ्ख्या भने दुई लाख ५९ हजार ४७५ रहेको छ । निर्जीवन बिमातर्फ सात हजार १२४ सङ्ख्याले एक अर्ब ६० […]

सिटिजन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशतसम्म ब्याज छुट दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमा लेखमा लाग्ने बिलम्ब शुल्क (ब्याज/जरिवाना) मा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख अन्तर्गत (जेठ १२) देखि २७ गतेसम्म नवीकरण गराउँदा लाग्न विलम्ब शुल्क अर्थात् ब्याजमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो । कम्पनीबाट जारी भएका बीमालेख नविकरणरपुनर्जागरण गर्दा विभिन्न शर्तहरुको अधिनमा रही बीमाशुल्कमा […]

रिलायबल लाइफद्वारा घातक रोग वापत २० लाख बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २० लाख रुपैयाँको घातक रोग वापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ चैत्रमा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ वर्षको बीमा अवधी रहने गरी २० लाख रुपैयाँको जीबनबीमा बीमालेख खरीद गरेका भरतपुर–३, चितवन निवासी महेश बानीयांलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो । बीमीतले ३ किस्ता […]