कृषि तथा पशुपन्छी बीमाको लागि  ‘रियल टाइम सफ्टवेयर’ सञ्चालनमा

काठमाडौं । कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को सुरु भएको छ । कृषि मन्त्रालयमा आज आयोजित कार्यक्रममा ललितपुरका गाईपालक कृषक गोविन्द घिमिरेलाई पहिलो बीमालेख जारी गरी बीमाको रियल टाइम सफ्टवेयरको शुरु गरिएको हो  । मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमाको रियल टाइम सफ्टवेयरको सुरुआत गरेको हो । पशुधनबाट यसको सुरुआत गरिएको छ । […]

शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा पुन:दिप प्रकाश पाण्डे नियुक्त

काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा दिप प्रकाश पाण्डे नियुक्त भएका छन् । उनी यस अघिपनि बिगत २ दशक देखी शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीका रुपाम कार्यरत छन् । बिमा ऐनले २ पटक भन्दा बढी प्रमुख कार्यकारी अधिकैत हुन नपाउन ेव्यवस्था गरेको भएपनि बीमा ऐन जारी भएपछिको कार्यकाल गणना नुने व्यबस्था रहेको छ । […]

सप्ताह व्यापी कार्यक्रमहरु सञ्चालन गरेर सातौं वार्षिकोत्सव मनाउदै सिटिजन लाइफ

काठमाडौं । जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पुर्याई सर्वसाधारणको सुरक्षा, आर्थिक सुनिश्चितता प्रदान गरी सामाजिक स्तर बढाउन र समाजामा सकारात्मक प्रभाव ल्याउन सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । ‘समृद्धी तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ अघी बडेकोे सिटिजन लाइफ इन्स्योरेन्स २०७४, भदौ ७ […]

सिटिजन लाइफ इन्स्योरेन्सले सातौं वार्षिकोत्सव मनाउदै, सप्ताह व्यापी कार्यक्रम गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । ‘समृद्धी तपाईंको, साथ हाम्रो’ स्लोगान लिएर जीबन बीमामा काम गरिरहेको  यो कम्पनी २०७४, भाद्र ७ गते जीवन बीमा व्यवसाय गर्न ईजाजत प्राप्त गरी २०७४, कार्तिक २ बाट औपचारिक व्यवसायिक करोबार शुरु गरेको थियो । कम्पनीले अहिले प्रधान कार्यालय सहित १३६ शाखा उपशाखा कार्यालयहरु […]

सन नेपाल लाइफ इन्स्योरेन्सलाई ISO/IEC 27001 : 2022 प्रमाणपत्र

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001 : 2022) को प्रमाणपत्र प्राप्त गरेको छ । उक्त मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणाली (Information Security Management System) मा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने […]

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५ घर परिवार) चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको हो । प्रति परिवार ३० केजी चामल, दाल र नुन २/२ […]

सानिमा रिलायन्स लाईफको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७९/८० को सातौं वार्षिक साधारण सभाले १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार सम्पन्न इन्स्योरेन्सको साधारण सभाले १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीका अध्यक्ष रतन लाल केडियाले साधारण सभामा वार्षिक विवरण पेश गरेका थिए । त्यसैगरी आव […]

सिटिजन लाइफको “सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” सम्पन्न

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले “सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” को नवौं संस्करण सम्पन्न गरेको  छ । सीप र ज्ञान विकास मुलक कार्यक्रम २०८१ भाद्रमा तीन दिनसम्म काठमाडौंमा  भएको थियो  । कार्यक्रमको मुख्य उद्देश्य विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरूको बिक्री विकास र व्यवसाय सञ्चालनको सन्दर्भमा सीप अभिवृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ । कम्पनीले क्षमता […]

बाढीपहिरोको बीमा दाबी रकम ७ अर्ब २८ करोड, कुन कम्पनीमा कति?

काठमाडौं । गत साताको वर्षासँगै आएको विपद्ले निम्तिाएको क्षतिले गरेको नोक्सानीको प्रारम्भिक रकम आंकलन गरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विपद्ले पुराएको क्षतिको प्रारम्भिक निरीक्षण तथा प्राप्त सूचना बमोजिम बीमकहरुले ७ अर्ब २८ करोड ८५ लाख १९ हजार रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका छन् । ७ अर्ब २८ करोड ८५ लाख १९ हजार रुपैयाँ […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइएमई समुहको पाँच करोड सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई समुहले  पाँच करोड रुपैयाँ सहयोग गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् । कोषमा ग्लोबल आइएमई बैंक लिमिटेडको ४ करोड ५० लाख, आईएमई लिमिटेडको २० लाख, आईजीआई प्रुडेन्सिएल इन्सोरेन्सको […]