म्यान्माको चुनावलाई आसियानले मान्यता दिएन

काठमाडौं ।  दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले म्यान्मामा हालै सम्पन्न चुनावलाई मान्यता नदिने स्पष्ट पारेको छ ।  सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि सम्पन्न यो पहिलो चुनाव सेना समर्थित दलले जितेको दाबी गरे पनि आसियानले त्यसलाई स्वीकार नगर्ने फिलिपिन्सका विदेशमन्त्री थेरेसा लाजारोले बिहीबार बताएकी हुन् । यो निर्णय म्यान्माका सैन्य शासकहरूका लागि अन्तर्राष्ट्रिय […]

युक्रेनको परमाणु सुरक्षाबारे अन्तर्राष्ट्रिय निकायको बैठक

भियना । युक्रेनमा देखिएको परमाणु सुरक्षासम्बन्धी जोखिमबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा नियमन निकाय बोर्डले शुक्रबार बैठक बस्ने भएको छ। रूसले युक्रेनमाथि आक्रमण सुरु गरेयता त्यहाँको ऊर्जा संरचना पटक–पटक क्षतिग्रस्त हुँदै आएको छ। यसले युक्रेनका परमाणु विद्युत् उत्पादन केन्द्रहरूमा आवश्यक विद्युत् आपूर्तिमा समस्या सिर्जना गरेको छ र सम्भावित परमाणु दुर्घटनाको चिन्ता बढाएको […]

मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम

किएभ । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफ्ना शहरमाथि आक्रमण रोकिएको देखिने आशा व्यक्त गरेका छन् । उनले यो आशा संयुक्त अरब इमिरेट्समा अमेरिकी र रुसी प्रतिनिधिहरूबीच भएको वार्ता र समझदारी अनुसार लागू हुने विश्वासमा आधारित रहेको बताए । राष्ट्रपति झेलन्स्कीले उक्त कदमले युद्धको क्रममा तनाव घटाउने र वास्तविक प्रगति ल्याउने दिशामा मद्दत पु¥याउने बताएका छन् […]

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काराकस । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधारसम्बन्धी नयाँ कानूनमा हस्ताक्षर गरेका छन् । यस कानूनले निजी कम्पनीहरूलाई तेल उत्पादन र बिक्रीमा ठूलो भूमिका दिने व्यवस्था गर्दै दुई दशकभन्दा बढी समयदेखि लागू समाजवादी नीतिलाई उल्ट्याएको छ । यो सुधार सरकारको सबैभन्दा महत्त्वपूर्ण नीतिगत कदम मानिएको छ । लामो समयदेखि सङ्कटमा परेको […]

बजार पुँजीकरण ८४ अर्ब डलरले घटेपछि इन्डोनेसिया स्टक एक्सचेन्जका प्रमुखले दिए राजीनामा

काठमाडौं । इन्डोनेसिया स्टक एक्सचेन्ज (IDX) का प्रमुख कार्यकारी अधिकृत (CEO) इमान राचमानले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । पछिल्ला दुई दिनमा इन्डोनेसियाको सेयर बजारमा आएको भारी गिरावटले बजार पुँजीकरण ८४ अर्ब अमेरिकी डलर घटेको थियो । उक्त रकम बराबरको क्षति भएपछि उनले जिम्मेवारी लिँदै पद त्याग गरेका हुन् । मोर्गन स्ट्यान्ली क्यापिटल इन्टरनेशनल […]

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशहरूबाट आयात हुने सबै वस्तुमा कर लगाउने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका छन् । यस कदमले क्युबाको प्रमुख तेल आपूर्तिकर्तामध्ये एक मानिएको मेक्सिकोमाथि विशेष दबाब पर्ने देखिएको छ । मेक्सिकोले क्युबाप्रति ऐक्यबद्धता देखाउँदै आएको भए पनि हाल ट्रम्प प्रशासनसँग सम्बन्ध सन्तुलनमा राख्न खोजिरहेको छ […]

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

काठमाडौं । १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः सञ्चालन भएको छ । बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सको विमान बिहीबार बंगलादेशको राजधानी ढाकाबाट उडान भरेर पाकिस्तानको कराचीस्थित जिन्ना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। समाचार एजेन्सी पीटीआई र पाकिस्तानी अखबार ‘डन’ का अनुसार, यो उडानसँगै दुवै देशबीच बिना रोक सीधा हवाई सेवा १४ […]

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

काठमाडौं । बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाउन व्यापक रणनीतिक साझेदारीको आवश्यकता औँल्याएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम प्रत्यक्ष रूपमा नलिइए पनि विश्व व्यवस्थामा आएको उतारचढाव दुवै नेताको छलफलको केन्द्रमा रहेको देखिएको छ । बेलायती प्रधानमन्त्री किर स्टार्मरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा जलवायु परिवर्तन […]

भारत–युरोप व्यापार सम्झौता: भारतले युरोपेली बजारमा फाइदा पाउने

न्यूयोर्क । सयुक्त राज्य अमेरिकाका व्यापार प्रतिनिधि जेम्सन ग्रीरले भारत र यूरोपेली संघबीच सम्पन्न व्यापार सम्झौतापछि भारतले युरोपेली बजारमा महत्वपूर्ण पहुँच पाएको बताएका छन्। उनले भने,” यस सम्झौताले भारतका वस्तु र सेवाहरूलाई यूरोपमा सजिलै प्रवेश गराउने र नयाँ व्यापार अवसर सिर्जना गर्नेछ।” ग्रीरका अनुसार, अमेरिकाको व्यापार नीतिमा परिवर्तन र उच्च कर लागू हुनुका कारण अन्य […]

किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत

सियोल ।  उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजनाहरू सार्वजनिक गरिने बताएका छन् । राज्य सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार मङ्गलबार किमको उपस्थितिमा अपग्रेड गरिएको लार्ज–क्यालिबर मल्टिपल रकेट लन्चर प्रणालीको लाइभ–फायर अभ्यास गरिएको थियो । दक्षिण कोरिया र जापानले […]