दिल्ली विस्फोटपछि काश्मीरमा भारतीय प्रहरीको व्यापक छापामारी

नयाँदिल्ली। भारतको राजधानीमा एक दशकभन्दा बढी समयपछिको सबैभन्दा घातक विस्फोट भएको केही दिनमै भारतीय प्रहरीले विवादित काश्मीरमा प्रतिबन्धित इस्लामवादी राजनीतिक पार्टीलाई लक्षित गर्दै व्यापक छापा मारेको छ । सोमबार ऐतिहासिक लालकिल्ला नजिक पुरानो दिल्ली क्षेत्रमा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । प्रहरीको पछिल्लो अपरेसन सो विस्फोटसँग प्रत्यक्ष रूपमा जोडिएको छ भन्ने पुष्टि […]

अन्तरिक्ष भग्नावशेषले क्षतिग्रस्त यानपछि चिनियाँ अन्तरिक्ष यात्रीहरूको सुरक्षित फर्काइ

बेइजिङ । चीनका तीन अन्तरिक्ष यात्री आफ्नै देशको अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फस्नुपरेपछि, प्रतिस्थापन चालक दल ल्याइएको नयाँ अन्तरिक्ष यान प्रयोग गरी शुक्रबार सुरक्षित रूपमा पृथ्वी फर्केका छन् । चीनको अन्तरिक्ष एजेन्सीका अनुसार ती अन्तरिक्ष यात्रीहरू सवार शेनझोउ–२० यान अन्तरिक्ष भग्नावशेषले प्रहार भएपछि क्षतिग्रस्त बनेको थियो । उनीहरूले छ महिनादेखि तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा परिक्रमा गरिरहेका […]

बङ्गलादेशको मदिरा उद्योगको आश्चर्यजनक सफलता

दारसाना । हाल इस्लामवादी शक्तिहरू पुनः राजनीतिक रूपमा सक्रिय हुँदै गरेको मुस्लिम बहुल देश बङ्गलादेशमा त्यहीँको एक मात्र सरकारी इजाजत प्राप्त डिस्टिलरीको परिसरमा मिठास मिसिएको सिरपको सुगन्ध फैलिएको छ । सरकारी स्वामित्वको ‘क्यारो एन्ड कम्पनी’ नामक यो उद्योगले पछिल्लो आर्थिक वर्षमा अभूतपूर्व नाफा कमाएको छ । यसलाई देशको कठोर मदिरा नीति र सामाजिक निषेधबीचको आश्चर्यजनक उपलब्धि मानिएको […]

अवरोधका बावजुद गाजामा जीवन बचाउन हरेक प्रयास गर्ने संयुक्त राष्ट्रसङ्घको प्रतिबद्धता

न्यूयोर्क । संयुक्त राष्ट्र सङ्घले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर गाजा पट्टीमा जीवन बचाउन सम्भावित हरेक प्रयासहरु गर्ने आफ्नो प्रतिबद्धता जनाउदै हमास र इजरायलबिचको युद्धविराम सम्झौता भएको लामो समय पछि पनि राहत प्रयासहरू जारी रहेको जनाएको छ । मानवीय मामिला तथा आपतकालीन राहत संयोजकका लागि संयुक्त राष्ट्रसङ्घका उपमहासचिव टम फ्लेचरले विज्ञप्तिमा जारी गर्दै १० लाख भन्दा […]

इस्लामाबादमा आत्मघाती बम विस्फोट, १२ जनाको मृत्यु

काठमाडौं ।  नोभेम्बर ११ मा पाकिस्तानको राजधानी इस्लामाबादस्थित जिल्ला अदालत परिसर बाहिर भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु र २७ जना घाइते भएका छन्। पाकिस्तानी अधिकारीका अनुसार आक्रमणकारीले अदालतभित्र पस्ने प्रयास गरेको तर सुरक्षाकर्मीहरूले रोक्दा प्रहरीको गाडी नजिकै विस्फोट गराएको बताइएको छ। विस्फोटको शक्तिले वरपरका सवारीसाधन र भवनहरूमा क्षति पुर्‍याएको छ। घटनापछि सुरक्षाकर्मीहरूले […]

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार

नोमपेन(कम्बोडिया) । थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । “कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ । कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड सीमामा रहेका अधिकांश बारुदी सुरुङ् कठिन भूभाग र […]

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा

नयाँदिल्ली । धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ । प्रदूषणको स्तर तीव्र रूपमा बढ्दै गएपछि हावामा तीखो गन्ध भरिएको छ, जसले जनस्वास्थ्य सङ्कटलाई थप गम्भीर बनाएको छ । यस स्थितिप्रति असन्तुष्टि जनाउँदै बासिन्दाहरू सरकारी कदमको माग गर्दै सडकमा उत्रिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको जोखिम सीमाभन्दा धेरै माथि पुगेको दिल्लीको […]

थाइल्यान्डद्वारा कम्बोडियासँगको शान्ति सम्झौता स्थगित

बैङ्कक। कम्बोडियासँगको सीमा नजिकै भएको विस्फोटमा दुई थाई सैनिक घाइते भए पछि थाइल्यान्डले सोमबार छिमेकी कम्बोडियासँगको सिमा बिबाद अन्त्येको लागि गरिएको शान्ति सम्झौताको कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ । २ देश बिच सिमा बिबादका कारण द्वन्द्वमा कम्तिमा ४३ जनाको मृत्यु भएको थियो भने दुवै पक्षका ३ लाख भन्दा बढी नागरिकहरू विस्थापित भएको जनाइएको छ […]

इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

काठमाडौं । इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ । बिहान भएको सशस्त्र झडपमा चार जनाको मृत्यु भएपछि दिउँसो श्वासप्रश्वासमा समस्या भएर थप २७ कैदीको ज्यान गएको अधिकारीहरूले जनाएका छन् । जेल प्रशासन एसएनएआईले १ विज्ञप्तिमा मचाला जेलभित्र मृत फेला परेकाहरू ‘आपसी सङ्घर्षका क्रममा श्वासप्रश्वास अवरुद्ध भएर […]

अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

वासिङ्टन । अमेरिकी इतिहासमा सबैभन्दा दीर्घकालीन सरकारी सटडाउन ४०औँ दिनमा पुग्दा आइतबार दुर्लभ सप्ताहन्त सत्रका लागि आइतबार सिनेट पुनः बसेको छ । सदनले पारित गरेको खर्च विधेयकलाई अगाडि बढाउने वा नगर्ने निर्णय गर्दै सरकार पुनः सञ्चालन गर्ने बाटो खुलाउने उद्देश्य रहेको छ । सिनेटमा निरन्तर प्रस्ताव अघि बढाउन कम्तीमा ६० मत आवश्यक रहेको छ । […]