दिल्लीको घातक प्रदूषणसँग जुध्न भारतद्वारा पहिलो क्लाउड सिडिङ परीक्षण, कृत्रिम वर्षाको तयारी

नयाँदिल्ली । भारतले बिहीबार राजधानी नयाँदिल्लीमा पहिलो पटक क्लाउड सिडिङ (बादल बीउ रोप्ने) परीक्षण सञ्चालन गरेको छ । यस अभियानको उद्देश्य वायुमण्डलमा रहेका घातक धुवाँ र कणहरूलाई वर्षाको माध्यमबाट हटाउने तथा सहरको प्रदूषणलाई नियन्त्रणमा ल्याउने रहेको बताइएको छ । क्लाउड सिडिङ भन्नाले वर्षा उत्प्रेरित गर्न विमानमार्फत नुन वा अन्य रासायनिक पदार्थहरू बादलमा फायर गर्ने प्रक्रिया […]

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

हैदराबाद । दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु बसलाई पछाडिबाट ठोक्किएपछि बसमा आगो लागेपछि कम्तीमा २५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा अन्य धेरै घाइते भएका छन् । आन्ध्र प्रदेश राज्यको कुर्नुल नजिकै राजमार्गमा भएको दुर्घटनामा ४४ यात्रु बोकेको बस तेलङ्गाना राज्यको हैदराबादबाट कर्नाटकको बेङ्गलुरु तर्फ जाँदै थियो । बसमा […]

ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडासँग चलिरहेका सबै व्यापार वार्ता तुरुन्तै समाप्त गर्ने घोषणा गरेका छन् । उनले क्यानाडाले पूर्व राष्ट्रपति रोनाल्ड रेगनको नाम र वक्तव्यको दुरुपयोग गर्दै करविरुद्धको विज्ञापनमा गलत उद्धरण प्रस्तुत गरेको आरोप लगाए । “उनीहरूको गम्भीर र अनुचित व्यवहारका कारण क्यानाडासँगका सबै व्यापारिक नीतिहरू अहिलेबाट प्रतिबन्धित छन्”, राष्ट्रपति ट्रम्पले आफ्नो […]

सुनको मूल्यमा तीव्र गिरावट, कारण यस्तो

काठमाडौं । रेकर्ड तोड्दै उकालो लागेको सुनको मूल्य मंगलबार ठूलो अंकले घटेको छ । सुन मंगलबार प्रतिऔंस २३१.६५ डलरले घटेको छ । यो पछिल्ला केही वर्षकै यताकै सबैभन्दा ठूलो एकदिने गिरावट हो । मंगलबार सुन प्रतिऔंस ४ हजार १२३.९६ डलर कायम भएको थियो । यता, बुधबार यो समाचार तयार पार्दै गर्दा (९ बजे) सुन ११.७५ […]

“हमासले हतियार नछाडेसम्म गाजाको युद्ध समाप्त हुँदैन”

गाजा सिटी। इजरायली प्रधानमन्त्री बेन्जामिन नेटन्याहुले शनिबार १  सार्वजनिक वक्तव्यमा गाजामा जारी द्वन्द्वको अन्त्य हमासको निशस्त्रीकरण र गाजा क्षेत्रको असैनिकरण नभएसम्म सम्भव नहुने बताएको छ । उक्त टिप्पणी अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौता कार्यान्वयनको क्रममा आएको हो, जस अन्तर्गत हमासले २ जना इजरायली बन्धकका अवशेष फिर्ता गरेको छ । प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको अनुसार, ती […]

अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ । सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध सडकमा उत्रिएका थिए । आयोजकहरूका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको यो आन्दोलनमा करिब ७० लाखभन्दा बढी नागरिकले सहभागिता जनाएका थिए । […]

पाकिस्तान–अफगानिस्तानबीच तात्कालिक युद्धविरामको सहमति

काठमाडौं । पाकिस्तान र अफगानिस्तानले कतारको राजधानी दोहामा सम्पन्न शान्ति वार्तामा तात्कालिक युद्धविराम गर्ने सहमति जनाएका छन् । यो सहमति पाकिस्तानद्वारा अफगान भूमिमा गरिएका हवाई आक्रमणमा १० अफगानी नागरिकको मृत्यु भएपछि भएको हो, जसले यसअघि कायम युद्धविराम तोडेको थियो । गत १ सातादेखि दुई देशबीच सीमा क्षेत्रमा चर्किएको झडपले दर्जनौं सैनिक र सर्वसाधारणको ज्यान लिइसकेको […]

जेन–जेड प्रदर्शनमा मृत्यु भए पनि पेरुका राष्ट्रपति जेरीद्वारा राजीनामा अस्वीकार

लिमा । पेरुका नयाँ राष्ट्रपति जोसे जेरीले जेन–जेड कार्यकर्ताहरूको नेतृत्वमा भएको ठूलो विरोध प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु र सयभन्दा बढी घाइते भएपछि पनि राजीनामा दिन अस्वीकार गरेका छन् । अधिकारीहरूका अनुसार करिब एक सय जना घाइते भएका छन्, जसमा ८० जना प्रहरी अधिकारी र १० जना पत्रकार पनि समावेश छन् । प्रहरीले प्रदर्शनका क्रममा भएको […]

जलवायु परिवर्तनको प्रत्यक्ष जोखिममा करिब ९० करोड गरिब मानिस

संयुक्त राष्ट्रसङ्घ । विश्वका करिब ८० प्रतिशत गरिब अर्थात् झण्डै ९० करोड मानिस अहिले जलवायु परिवर्तनका आघातहरूको प्रत्यक्ष जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का कार्यवाहक प्रशासक हाओल्याङ जुका अनुसार खडेरी, बाढी, तातो लहर र वायु प्रदूषण जस्ता बढ्दो र गहिरिँदै गएका जलवायु प्रभावहरूबाट कोही पनि सुरक्षित छैन, तर […]

जेलेन्स्कीसँगको भेटअघि ट्रम्पको सङ्केत– किएभलाई टोमहाक मिसाइल नपठाउने सम्भावना

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई स्वागत गर्न लागेका छन् । तर उनले किएभलाई लामो दूरीको टोमहाक क्रूज मिसाइल बिक्री गर्ने सम्भावना न्यून रहेको सङ्केत गरेका छन् । युक्रेनी पक्षले ती मिसाइलहरूलाई आफ्नो रक्षा र प्रतिआक्रमणका लागि अत्यावश्यक बताउँदै आएको छ । जेलेन्स्की र ट्रम्पबीचको यो भेट ट्रम्प […]