आक्रमण जारी राखे अमेरिकाले हामास विरुद्ध सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी

वासिङ्टनडिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लडाकु समूह हमासले गाजामा नागरिकलाई लक्षित आक्रमण जारी राखे संयुक्त राज्य अमेरिकाले हमास विरुद्ध सैन्य कारबाही गर्ने बाध्य हुने बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै यदि हमासले गाजामा मानवियता विरुद्ध आक्रमण जारी राख्यो भने उनीहरूलाई मार्नु बाहेक कुनै विकल्प नभएको बताए । हामासले बाँकी मृत बन्धकहरूको खोजी […]

ट्रम्पको टिप्पणीपछि भारतको स्पष्ट भनाई, ‘ऊर्जा नीतिमा उपभोक्ताको हित नै पहिलो प्राथमिकता’

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसी तेल खरिद बन्द गर्ने वाचा गरेको दाबी गर्नुभएपछि भारत सरकारले बिहीबार आफ्नो ऊर्जा नीति सधैँ आफ्ना नागरिकहरूको हितमा केन्द्रित हुने स्पष्ट वक्तव्य जारी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले विज्ञप्ति जारी गर्दै भने, “अस्थिर ऊर्जा बजार र जटिल भू–राजनीतिक परिदृश्यमा भारतीय उपभोक्ताको हितको रक्षा […]

आरक्षण कोटाबाट निजामतीमा प्रवेश गरे २५ हजार २१८ कर्मचारी

काठमाडौं । पछिल्लो १७ वर्षमा समावेशी समूहबाट २५ हजार भन्दा बढी कर्मचारी निजामती सेवामा प्रवेश गरेका छन् । लोकसेवा आयोगका अनुसार १७ वर्षको अवधिमा २५ हजार २१८ कर्मचारीले निजामती सेवामा स्थायी नियुक्ति लिएका हुन् । आयोगको वार्षिक प्रतिवेदन अनुसार वि.सं. २०६४ सालदेखि प्रचलित कानुनमा तोकिएका समावेशी समूहका उम्मेदवारबीच प्रतिस्पर्धा गराई पदपूर्ति गर्दै आएको छ । […]

भ्रष्टाचार गर्न वैदेशिक ऋण लिने काम नगरौं : सांसद सिंह

काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले आम्दानी नहुने स्थानमा लगानी गर्न नहुने बताएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सिंहले वैदेशिक ऋण लिएर आम्दानी नहुने ठाउँमा लगानी गर्न उचित नरहेको बताएका हुन् । उनले विकास गर्ने क्रममा जनसंख्याका आधारमा भौतिक पूर्वाधारहरुको निर्माण गर्न जरुरी रहेको […]

राष्ट्र बैंकको लिखित परीक्षाको नतिजा प्रकाशित

काठमाडौं । लोकसेवा आयोगबाट लिइएको नेपाल राष्ट्र बैंकको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । उत्तीर्णहरुको नाम थर र रोलनम्बर सार्वजनिक गर्दै आयोगले अन्तर्वार्ता तथा अन्य कार्यक्रमको लागि सम्बन्धित निकायमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रविधिमार्फत पूर्वसूचना प्रणालीलाई मजबुद बनाउन सरकार लागेको छः उर्जामन्त्री खड्का 

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अत्याधुनिक प्रविधिमार्फत पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई मजबुद बनाउने काममा सरकार लागिरहेको बताएका छन् । ‘सबैका लागि समयमै पूर्वसूचना’ भन्ने मूल नाराका साथ जल तथा उर्जा आयोगको सचिवालयले विश्व मौसम दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले विपद्को जोखिममा रहेका जनताको जीवनरक्षाका लागि सरकारले प्रविधिमार्फत पूर्वसूचना प्रणालीलाई मजबुद […]

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय  वायूको आंशिक प्रभाव रहेकोमा देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। […]

चार प्रदेशमा बिहानैदेखि वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा पनि भइरहेको छ। शनिबार दिउँसो सातै प्रदेशमा बदली […]

तराईमा बिहानैदेखि लागेको हुस्सु हट्दै

काठमाडौं । तराईका केही स्थानमा लागेको हुस्सु मध्याह्नपछि क्रमिक रूपमा सुधार भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुस्सुका कारण हवाई यातायातसमेत प्रभावित भएको थियो । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले मध्याह्नपछि हुस्सु हट्ने क्रममा सुरु भएकामा हाल अधिकांश स्थानमा हटिसकेको जानकारी दिए । “हुस्सुको प्रभावले तराई भूभागको जनजीवन, स्वास्थ्य, सडक […]

बाँके निकुञ्जमा देखिन थाले पाटे बाघ

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्ज र कम्दी करिडोरका राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा राखिएका क्यामेरामा पाटे बाघ र चितुवा देखिएका छन् । निकुञ्जका करिब ७० स्थानमा लगाइएका एक सय ६९ र कम्दी करिडोरमा लगाइएका ९५ क्यामेरामा बाघ र चितुवाको आवतजावत भएको देखिएको हो । निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले करिब ८० दिनसम्म लगाइएको क्यामेरामा पाटे […]