बुद्धभूमि नेपाल हाइड्रोको १७ औँ साधारणसभा आज 

काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारणसभा आज सम्पन्न हुँदैछ । कम्पनीको साधारणसभा काठमाडौंको पानीपोखरीस्थित वालनट बिस्ट्रोमा बिहान ११ बजेदेखि बस्दैछ । लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश नगरेको कम्पनीको उक्त सभाले सञ्चालक समितिको तर्फबाट पेश हुने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद […]

बढ्यो नेप्से,घट्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक ७.३९ अंकले बढेको छ । बजार २६१४.०७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३१ वटा कम्पनी ६२ हजार ६६५ पटक कारोबार हुँदा ८७ लाख ४२ हजार कित्त सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ३ अर्ब ७५ करोड ५० लाख पुगेको छ । यो रकम सोमबारको तुलनामा […]

एसवाई प्यानलको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एसवाई प्यानल नेपाल लिमिटेडको सेयर सूचीकृत भएको छ। मंगलबार नेप्सेमा कम्पनीको १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापकहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता गरी कुल १ करोड ३० लाख […]

काबेली हाइड्रोपावरले आईपीओ अनुमति माग्दै सेबोनमा निवेदन दियो

काठमाडौं । काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डमा औपचारिक आवेदन पेश गरेको छ। कम्पनीले मङ्सिर ८ गते बोर्डमा आवेदन दर्ता गराउँदै सेयर निष्काशनका लागि अनुमति माग गरेको हो। कम्पनीले कुल ४१ करोड २५ लाख रुपैयाँ बराबरको ४१ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना अघि सारेको […]

एनआरएन अफ्रिका भेन्चर्सको साधारणसभा आह्वान

काठमाडौं । एनआरएन अफ्रिका भेन्चर्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले पुस १९ गतेका लागि चौथो साधारणसभा आह्वान गरेको हो । उक्त सभा काठमाडौंको बुढानीलकण्ठमा रहेको होलिडे इन रिसोर्टमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभाले कम्पनीको नाम र ठेगाना परिवर्तन गर्ने, प्रिमियम मूल्यमा सेयर जारी गर्नका लागि प्रबन्ध पत्र […]

निफ्राको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को साधारणसभा आज बस्दैछ । बैंकको ७ औँ वार्षिक साधारणसभा आज मंसिर २३ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुँदैछ । साधारणसभाले बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिले निर्णय गरेको चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर समेत) सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव […]

रिलायन्स स्पिनिङ मिल्सले आइपीओबाट करोडौं रकम विद्युत महुसुल तिर्ने दाउमा, यति धेरै दायित्व भएको कम्पनीको कट अफ किन उच्च ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणबाट उठाएको रकमले विद्युत प्राधिकरणलाई तिर्न बाँकी महसुल बुझाउने दाउमा बसेको देखिएको छ । कम्पनीले आइपीओबाट संकलन भएको प्रिमियमको रकमबाट महसुल तिर्ने सम्भावना देखिएको छ । महँगो दरमा सेयर बेच्ने र जनताबाट उठाएको पैसाले आफ्नो दायित्व तिर्न खोजेको भन्दै यसको चौतर्फी आलोचना पनि भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट […]

सांग्रिला डेभलपमेन्ट बैंकको मूल्य समायोजन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजना भएको छ । नेप्सेका अनुसार सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ४०५.८० रुपैयाँलाइ आधार मानेर मुल्य समायोजना गरिएको हो । समायोजना पश्चात सेयर भाउ ३८६.४८ रुपैयाँ कायम भएको छ ।

३.०२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक ३.०२ अंकले घटेको छ । बजार २६०६.६७ अंकमा पुगेर बन्द भएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स १.५०, अंकले, फ्लोट इण्डेक्स ०.३० र सेन्सेटिभ फ्लोट इण्डेक्स  ०.३४ अंकले  घटेको छ। ३३१ वटा कम्पनी ८३ हजार २७३ पटक कारोबार हुँदा १ करोड १ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । […]

गार्डियन माइक्रो लाइफले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नियामक निकायको निर्देशन अनुसार कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न अख्तियारी […]