लाभांश प्रस्ताव पारित गर्दै सकियाे एशियन लाइफको १८औं वार्षिक साधारणसभा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बारास्थित होटल क्लासिक सिमरामा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिबाट प्रस्तावित ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरेको गत आवको वार्षिक प्रतिवेदन […]

सामान्य अंक बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेको छ । बजार २६१६.९७ अंकमा पुगेर बन्द भएको छ । ३२९ वटा कम्पनीको सेयर कारोबार भएको छ । ५६ हजार ३४७ पटक कारोबार हुँदा १ करोड २६ लाख २१ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँ पुगेको […]

आइसिएफसि फाइनान्सको ऋणपत्र बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको ७ वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८% आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९” बिक्रीमा आएको छ। यस अन्तर्गत प्रति ऋणपत्र १ हजार अंकित मूल्यका दरले कुल ५ लाख कित्ता ऋणपत्र बिक्रीमा आएको हो। जसमध्ये ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि […]

फागुन २८ गतेबाट गरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला हुदै  

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक र बिक्री प्रबन्धक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने गरिमा सुवर्ण योजनाको इकाई फागुन २८ गतेदेखि बिक्रीमा आउने भएको छ । यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई बिक्रीमा आउनेछ । जसमध्ये ६० लाख इकाई योजना […]

एशियन लाइफ र नेको इन्स्योरेन्सको साधारणसभा आज, लाभांश पारित गरिंदै

काठमाडौं । आज फागुन ११ गते दुई वटा बीमा कम्पनीहरुको आ आफ्नो साधारणसभा सम्पन्न गर्दैछन् । एक जीवन बीमा कम्पनी र एक निर्जीवन बीमा कम्पनीको साधारणसभा आज बस्ने भएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ औं र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० औं वार्षिक साधारणसभा आज सम्पन्न हुँदैछन् । एशियन लाइफको साधारणसभा बारास्थित […]

एपोलो हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आज (फागुन ११ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता […]

ट्रेड एक्जिक्युसनदेखि मानव व्यवहारसम्म: पूँजी बजारका आयाममाथि विशेष अन्तरक्रिया स्मार्ट फ्राइडे इन्साइट सिरिज – Episode 09 आयोजना हुँदै

काठमाडौं ।  SMART Growth Ventures Pvt. Ltd. द्वारा प्रस्तुत “SMART Friday Insight Series” को नवौं शृंखला (Episode 09) आगामी शुक्रबार साँझ ६:०० बजे देखि ८:०० बजे सम्म आयोजना हुने भएको छ। पूँजी बजार र करियर विकास सम्बन्धी गहन छलफल केन्द्रित यस विशेष सत्रको शीर्षक “From Trade Execution to Human Behaviour: Understanding Capital Markets and Careers” […]

दोहोरो अंकले घट्यो नेप्से, सबै उप-समूहमा गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । बजार २७.५९ अंकले घटेको छ ।  यस दिन बजार २६१४.५५ अंकमा पुगेर बन्द भएको छ । ३२४ वटा कम्पनीको सेयर कारोबार भएको हो । ७२ हजार पटक कारोबार हुँदा १ करोड ५९ लाख ८९ हजार कित्त सेयर खरिदबिक्री भएको छ […]

कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा आज, शेयर संरचना परिवर्तनको प्रस्ताव गर्ने

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा आज (आइतबार) आयोजना हुँदैछ । वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा बिहान ८ बजेदेखि सभा सुरु हुने गरी तय गरिएको छ । आजको सभामा बैंकले पूँजी संरचना परिवर्तनदेखि मर्जरसम्मका महत्त्वपूर्ण विशेष प्रस्तावहरू पारित गर्ने कार्यसूची रहेको छ। सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग एक-आपसमा गाभ्ने/गाभिने (मर्जर) […]

युनाईटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको लाभांश वितरणको प्रस्ताव गरेको छ । फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले कुल ७.३६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको ७ प्रतिशत बोनस शेयर र ०.३६८४२ प्रतिशत नगद लाभांश (कर […]