गरिमा क्यापिटलको ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक: वार्षिक १९ प्रतिशत सम्म प्रतिफलको प्रक्षेपण

काठमाडौं ।  शेयर बजारमा सुरक्षित लगानी गरी उच्च मुनाफा कमाउन चाहने लगानीकर्ताका लागि गरिमा क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड योजना सार्वजनिक गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरिमा विकास बैंकको सहायक कम्पनीले खुलामुखी म्युचुअल फण्ड योजना ‘गरिमा सुवर्ण योजना’ बजारमा ल्याएको हो । १ अर्ब रुपैयाँ कुल आकारको यस योजनामा प्रति […]

२४ लाख कित्ता सेयर बेच्दै गोरक्ष हाइड्रोपावर, मूल्य १०० रुपैयाँ

काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले जगेडामा रहेको २४ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयर आफ्ना सेयरधनीहरूलाई बेच्ने भएको हो । कम्पनीले आफ्नो प्रबन्धपत्रको नियम ६ (ग) बमोजिम जगेडामा रहेको सेयर मध्येबाट २४ लाख कित्ता सेयर हाल कायम रहेका सेयरधनीहरूलाई प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने निर्णय गरेको हो । सेयर खरीद […]

गोर्खाज फाइनान्सको १२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा 

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १२ हजार ३७ कित्ता संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको हो । कम्पनीले संस्थापक सेयरधनी पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त […]

सागर डिष्टिलरीको ७२ हजार कित्ता सेयरको लकइन अवधि चैतमा सकिंदै

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको ७२ हजार ६०० कित्ता सेयरको लकइन अवधि चैत ११ गते सकिंदैछ । आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषहरूका लाग छुट्याइएको सेयर लकइनमा राख्नु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान बमोजिम उक्त सेयर हालसम्म लकइनमा रहेको छ । कम्पनीले […]

आईपीओ निष्काशनको अनुमति माग्दै संयुक्त उर्जाले दियो सेबोनमा निवेदन

काठमाडौं । संयुक्त उर्जा लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ। कम्पनीले फागुन ५ गते सेबोनमा निवेदन दिएको हो। कम्पनीले ४१ करोड ६० लाख रुपैयाँ बराबरको ४१ लाख ६० हजार कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै निवेदन दिएको हो। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड […]

हकप्रद जारी गर्ने प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्दै युनाइटेड अजोड इन्स्योरेन्स 

काठमाडौं । युनाइटेड अजोड इस्योरेन्सले जारी गर्ने हकप्रद सेयरका लागि बुक क्लोज मिति घोषणा गरेको छ । कम्पनीले फागुन १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यस अनुसार फागुन १५ गतेसम्म नेप्सेमा सेयर खरिद गर्ने सेयरधनीहरुले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीले १०० ः १० को अनुपातमा १०० […]

सेयर बजार सुधारमा रास्वपाको जोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वाचापत्रमार्फत सेयर बजार सुधारलाई उच्च प्राथमिकतामा राखेको छ। पार्टीले पूँजी बजारलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउँदै आम नागरिकको पहुँच विस्तार गर्ने योजना सार्वजनिक गरेको हो। रास्वपाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को पुनर्संरचना गर्दै निजी क्षेत्रको सहभागिता बढाउने प्रस्ताव अघि सारेको छ। […]

कलश स्टक मार्केट (ब्रोकर नं ७४) को सेयर शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले  सेयर बजारमा आवद्ध लगानीकर्ताहरुलाई लक्षित गरी २०८२ फागून ६ गते, बुधवार निःशुल्क लगानी रणनीति, तथा आधारभूत र प्राविधिक विश्लेषण सम्बन्धी सेयर शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका श्रोत ब्यक्ति पुँजी बजार विश्लेषक सि.ए. संजोग कोइरालाले सहभागीहरुलाई सेयर बजारका विविध पक्षहरुमा […]

दोहोरो अंकले घट्यो नेप्से,बढ्यो कारोबार रकम

काठमाडौं । मंगलबार नेप्से परिसूचक २०.७५ अंकले घटेको छ । यस दिन बजार २६४२.१५ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३५४ वटा कम्पनीको सेयर कारोबार भएको छ । ८३ हजार ७५ पटक कोरोबार हूँदा २ करोड ५ लाख ५९ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम भने ८ अर्ब ३६ करोड […]

सुपर खुदी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आज (फागुन ५ गते) मंगलबारदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो । यो […]