अपर सेती हाइड्रोको साधारण सभा वैशाख १५ मा, यी हुन् एजेण्डा

काठमाडौं । अपर सेती हाइड्रो लिमिटेडको वार्षिक साधारणसभा २०८२ वैशाख १५ गते हुने भएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ९औँ वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको हो । कम्पनीका अनुसार साधारणसभा काठमाडौँ ३२ मा हुनेछ । साधारण सभामा छलफलका विषयहरुमा साधारण प्रस्तावहरु  संचालक समितिको अध्यक्षज्यको तर्फ बाट आव २०८०।८१ को वार्षिक प्रतिवेदन […]

ओभरसिज नेपालिजको १० लाख कित्ता बढी शेयर बिक्रीमा

काठमाडौं । ओभरसिज नेपालिज इनभेस्टमेन्ट कम्पनीले १० लाख कित्ता बढी शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आइतबार एक सूचना सार्वजनिक गर्दै जगेडामा रहेको १० लाख ६ हजार ९१९ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्न लागेको जानकारी दिएको छ । उक्त शेयर खरिदका लागि तत्काल कम्पनीमा हाल कायम रहेका शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । […]

आज शेयर बजार बन्द रहने

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको […]

नेप्सेका सीईओ र स्टक ब्रोकरबीच भेट, ६५ लाख लगानीकर्तालाई टीएमएस मोबाईल एपमा जोड्न माग

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईँलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले बधाई दिएको छ । एसबानको टोलीले नेप्सेको कार्यालयमा पुगेर नवनियुक्त सीईओलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो । उक्त भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले लगानीकर्तालाई तत्काल टीएमएसको मोबाइल एप कार्यान्वयनमा ल्याउन माग गरेका थिए । […]

बलेफी हाइड्रोपावरको हकप्रद शेयर हितग्राही खातामा जम्मा

काठमाडौं । बलेफी हाइड्रोपावरको हकप्रद शेयर हितग्राही खातामा जम्मा गरिएको छ । कम्पनीले सूचना जारी गर्दै २०८१/०७/२१ भन्दा अघिल्लो दिनसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरुलाई १ : १ (अर्थात् आफ्नो नाममा कायम एक कित्ता शेयर बराबर नयाँ एक कित्ता) शेयरको जारी गरिएको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा भई अभौतिक […]

महालक्ष्मी विकास बैंकको बोनस शेयर शेयरधनीको खातामा जम्मा

काठमाडौं । महालक्ष्मी विकास बैंकले बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गराएको छ । बैंकको गत पुस २९ गते सम्पन्न भएको २३ औं वार्षिक साधारण सभाबाट बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित भएको थियो । उक्त बमोजिम उक्त बोनस शेयर शेयरधनीहरुलाई वितरण/प्रदान गर्ने सन्दर्भमा उक्त तेइसौं वार्षिक साधारण सभा […]

नेपाल माइक्रो इन्स्योरेन्सको ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडको ७५ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बिहीबार नेप्से र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएमआईसी) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य सय रुपैयाँ कायम भएको ७५ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीले सर्वसाधारण समक्ष एनआइएमबि एस […]

आज पनि बढ्यो शेयर बजार, २७०० माथि नेप्से, पौने ८ अर्ब बढीको कारोबार

काठमाडौं । मंगलबार घटेको शेयर बजार बुधबार र बिहीबार बढेको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.३० अंकले बढेर ४५०.०८ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.५२ र सेन्सेटिभ फोल्ट […]

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचीकृत

काठमाडौं ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ बिहिबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहित लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरेको २२ लाख ५० हजार र संस्थापकहरुलाई वितरण गरेको ५२ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ […]

हिमालयन डिष्टिलरीको अध्यक्षमा शंकर राज पाण्डे नियुक्त

काठमाडौं ।हिमालयन डिष्टिलरीको अध्यक्षमा शंकर राज पाण्डे नियुक्त भएका छन् ।चैत २० गते बसेको कम्पनीको सञ्चालन समितिको बैठकले रित्त रहेको सञ्चालन समितिको अध्यक्ष पदमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यस अघिका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले राजीनामा दिए पछि पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले […]