एशियन लाइफको शेयरमूल्य समायोजन

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ५ दशमलव १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । बिहीबार कायम अन्तिम शेयरमूल्य ५३८ रुपैयाँ ४४ पैसाको आधारमा नेप्सेले कम्पनीको बोनस पछिको शेयरमूल्य प्रतिकित्ता ५१९ रुपैयाँ ७७ पैसा तोकेको […]

गरिमा विकास बैंकको ९८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ९८ हजार २८ दशमलव ८४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री नभएपछि यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा जारी गरेको हो । यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, […]

पौने ६६ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्दै नेपाल इन्स्योरेन्स

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको आधारमा ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ […]

हिम स्टार उर्जाको आईपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । हिम स्टार उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याई शेयरको बाँडफाँड सम्पन्न गरेको छ। एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा भएको उक्त आईपीओ बाँडफाँड कम्पनीले सार्वजनिक जानकारी गराएको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी पूँजीको ५ प्रतिशत अर्थात १ लाख ८६ हजार ५०० कित्ता साधारण […]

प्रभु महालक्ष्मी लाइफको डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न तीन जना संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि दिएको आवेदनअनुसार कम्पनीले १ लाख ४८ हजार ६०० कित्ता संस्थापक शेयर बिक्रीका लागि सूचना जारी गरेको हो । संस्थापक शेयर बिक्रीका लागि संस्थापक शेयरधनीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था छ ।  कम्पनीले हाललाई […]

नेपाल इन्स्योरेन्सको हकप्रदमा साउन ६ देखि आवेदन दिन सकिने

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले आगामी साउन ६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री वितरण गर्ने भएको छ । कम्पनीले गत जेठ ७ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद बिक्रीका लागि अनुमति पाएको थियो । कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब ८९ करोड रुपैयाँको १०:५:४७८ को अनुपातमा विद्यमान १० कित्ता शेयर बराबर नयाँ ५.४८ कित्ता शेयर […]

सिद्धार्थ बैंकले साढे २ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं । सिद्धार्थ बैंकले नेपाल धितोपत्र बोर्डबाट साढे २ अर्बको ऋणपत्र (डिबेन्चर) निष्काशनका लागि अनुमति पाएको छ । बैंकले ७.२५ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा सम्पत्ति धितोमा नराखी लामो अवधिका लागि ऋण उठाउने वित्तीय औजारलाई ऋणपत्र भनिन्छ । […]

साताभर बढ्यो शेयर बजार, २७०० माथि नेप्से पुग्दा कारोबार भने घट्यो

काठमाडौं । आइतबार देखि बढेको शेयर बजार बिहीबार पनि बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१९ अंकले बढेर ४६४.४६ विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स १.०२ अंकले र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.८५ अंकले […]

मोदी इनर्जीको विशेष साधारणसभा आज बस्दै

काठमाडौं । मोदी इनर्जी लिमिटेडको विशेष साधारणसभा आज बिहीबार बस्दैछ । सभा रानी महल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । साथै, सभाले १ जना सञ्चालक पनि नियुक्त गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १२ गते बुक क्लोज गरिसकेको […]

युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाभांश प्रयोजनार्थ युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ५५६.६२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६१२.२८ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको शेयर कारोबारमा आउनेछ। कम्पनीले आफ्नो ३१ औँ वार्षिक साधारणसभा यही असार ३० गते आयोजना गर्ने […]