धितोपत्र बोर्डबाट निफ्राले पायो ५ अर्बको ऋणपत्र जारी गर्ने अनुमति
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज निफ्रालाई ‘निफ्रा ऊर्जा डिबेन्चर’ नामक ऋणपत्र जारी गर्न अनुमति दिएको हो। अब निफ्राले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गर्नेछ। कुल इकाइमध्ये निफ्राले ३० लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ […]

