लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मुल्य समायोजन

काठमाडौं । लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड को शेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्चेन्ज नेप्सेले कम्पनीको हकप्रद शेयर पश्चात मुल्य समायोजन गरको हो । कम्पनीले ८८.४५ का दरले हकप्रद शेयर जारी गरेको हो । समायोजिय मुल्य अनुसार ११०१.८५ रुपैँया रहेको छ । दोस्रो बजारमा कारोबार हुँदा कम्पनीको यहि मुल्यमा कारोबार खुल्ने छ । […]

कृति भेन्चर फण्डले आइपीओ ल्याउने

काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडको आठौं वार्षिक साधारण सभा २०८१मंसिर १४ गते ४:०० बजे दुसित प्रिन्सेस काठमाडौं, लाजिम्पाट, बस्ने भएको छ साधारणसभामा साधारण प्रस्तावको रुपमा आर्थिक वर्ष २०८०/०८१ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण […]

बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर प्रयोजनार्थ कार्ति २१ गते बुक क्लोज गर्ने

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयरको लागि २०८१ कार्तिक २१ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले  हाल कायम चुक्ता पूँजी रु.१,८२,७९, २००० बराबरको प्रति शेयर रु.१००/- अंकित दरको १,८२,७९,७०० कित्ता साधारण शेयरको १ : १ को अनुपातमा रु.१,८२,७९,७०,००० बराबरको प्रति शेयर रु.१००/- अंकित दरका)  हक प्रद शेयर निश्कासन गर्न लागेको छ । […]

नेप्सेसँगै कारोबार रकम घट्यो

काठमाडौं । सेयर बजार लगातार दुई दिन घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.९९ अंकले घटेर ४७४.२६ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार नेप्से सँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ३१७ […]

नेपाल वेयरहाउजिङ्ग कम्पनीको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष आनन्द कुमार अग्रवाल बागरियाको अध्यक्षतामा बसेको सभा कात्तिक ७ गते अमृतभोग क्याटरर्स प्रालि, कालिकास्थानमा सम्पन्न भएको हो । सभाले पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गरेको छ । सभाबाट हकप्रदको […]

१५ प्रतिशत लाभांश पारितका लागि आशा लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर ७ गते आफ्नो आठौँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। कात्तिक ८ गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकस्थित होटल उग्रचण्डी, बनेपामा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो। सभामा आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको […]

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रद सुरक्षित गर्ने आज कार्तिक ८ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक ८ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न सक्ने छन् । कम्पनीले १ ०.८८४५  को अनुपातमा ८८.४५ प्रतिशतले हुन आउने २ करोड ३४ लाख […]

हिलटन हाइड्रो इनर्जीको साधारणसभा हुँदै ,स्नो रिभर्स लिमिटेडमा गाभिने पस्ताव पारित गर्ने

काठमाडौं । हिलटन हाइड्रो इनर्जी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा तपसिलबमोजिमको २०८१ साल कार्तिक २५ गते बिहीबार दिनको ४:00 बजे ,कम्पनीको रजिष्टर्ड कार्यालय, का.म.न.पा – ३०, ज्ञानेश्वरमा बोलाएको छ । साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०८०/८१ को वासलात, नाफा […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक १,६२,९५० कित्ता शेयर बिक्रिमा न्युनतम मुल्य १८० रुपैँया

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक समुहको १,६२,९५० कित्ता शेयर शिलबन्दी बोलपत्रद्वारा प्रति कित्ता न्युनतम मूल्य रु.१८०/- ( एक सय असी मात्र) वा सो भन्दा वढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले विक्री गर्ने भएको छ । उक्त शेयर खरिद गर्न  ईच्छुक विद्यमान संस्थापकहरु, योग्य व्यक्ति/ कम्पनी /संघ / संस्थाहरुले यहि कार्तिक ९  गते कार्यालय […]

२० अंकले नेप्से घट्दा कारोबार रकम २ अर्बले बढ्यो

काठमाडौं । मंगलबार सुधार देखिएको शेयर बजार बुधबार खुम्चिन पुगेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज , नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४५ अंकले बढेर ४७७.२६ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार कारोबार रकम भने बढेको छ । बुधबार ३२४ […]