सिन्धु विकास बैंकको नाफामा उल्लेख्य वृद्धि हुनुको कारण यस्तो

काठमाडौं । सिन्धु विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ११ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २८७ प्रतिशत धेरै हो । गत वर्षको सोही अवधिमा बैंकले ३ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १९ करोड १४ […]

भूगोल इनर्जीले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव सहित विशेष साधारण सभा बोलाएको छ । सभा साउन २२ गते काजी को किचन, पुरानो बानेश्वर, काठमाडौंमा  बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि प्रस्ताव पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते बुक क्लोज […]

नबिल डिबेन्चर २०८९” को सार्वजनिक निष्काशन तथा बिक्री खुला

काठमाडौं । नविल बैङ्कको ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको “७% नबिल डिबेन्चर २०८९” को सार्वजनिक निष्काशन तथा बिक्री खुला भएको छ । ८ वर्ष अवधि भएको  ऋणपत्र प्रति ऋणपत्र  १,०००/- अङ्कित मूल्यका ३० लाख कित्ताले हुने ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र१ अर्ब ८० करोड ऋणपुँजी रकम व्यक्तिगत […]

माछापुच्छ्रे क्यापिटलले ५० करोड रुपैयाँको माछापुच्छ्रे एसआइपी योजना बिक्रीका लागि धितोपत्र बोर्डसँग माग्यो अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्डको इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले ‘माछापुच्छ्रे एसआइपी योजना’ को ५ करोड इकाई बिक्री गर्न अनुमति मागेको हो । यस योजनाको व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको छ । यो खुलामुखी योजना हो ।

कालिका पावरको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कालिका पावर कम्पनीको ६ लाख १० हजार ९९५ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई वितरण गरेको ७ प्रतिशत बोनस सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

खरिदकर्ता हावी हुँदा बजार डबल डिजिटले बढ्यो, यी हुन् मार्केट बढ्ने केही आधारहरु

काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात, सोमबार नेप्से सूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा बन्द भएको छ । आज १६ अर्ब ३२ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । कारोबार अवधिको अन्तिम ३० मिनेटमा बजारमा आक्रामक वृद्धि देखिएको हो । यसले पनि बजारमा सकारात्मक माहोल बन्दै गएको देखाउँछ । त्यसो त, नयाँ आर्थिक वर्ष […]

आइपीओ निष्कासनको तयारीमा रहेको दाउन्ने एग्रो फार्मले ९ महिनामा कमायो १ अर्ब १० करोड

काठमाडौं । आइपीओ निष्कासनको तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले गत वर्षको ९ महिनामा १ अर्ब १० करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष (सन् २०२४) मा कम्पनीले १ अर्ब २१ करोड, सन् २०२३ मा १ अर्ब १४ करोड ८० लाख, सन् २०२२ मा ५० करोड र सन् २०२१ मा ५४ करोड ६० […]

सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल प्रकाउ

काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल प्रकाउ परेका छन् । प्रहरीले उनलाई टोखाबाट नियन्त्रणमा लिएको हो । अग्रवाललाई २२ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । अग्रवालले सेयर बजारका लगानीकर्ता तथा ब्रोकर कम्पनीलाई पनि ठगी गर्दै आएको आरोप लाग्ने गरेको छ ।

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको साउन १३ गतेदेखि ७ लाख ४ हजार कित्ता सेयर लिलामी खुल्ने

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साउन १३ गतेदेखि ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । कम्पनीले सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री गर्न लागेको हो । जसमध्ये १ लाख ४० हजार १०१ कित्ता सेयर […]

गुराँस लघुवित्तको नाफासँगै जगेडा कोषमा भारी वृद्धि, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ९० प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले २ करोड ८ लाख […]