१४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज पुस १७ गते बिहिबार सेयर बजारमा १४ वटा सूचीकृत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर रहेको छ। यी कम्पनीहरूले पुस १८, १९ र २० गतेका लागि बुक क्लोज मिति तोकेकाले आजसम्म सेयरधनी बनेका लगानीकर्ताले मात्रै सम्बन्धित लाभांश प्राप्त गर्न सक्नेछन्। लघुवित्त, हाइड्रोपावर, इन्स्योरेन्स, फाइनान्स र दूरसञ्चार क्षेत्रका कम्पनीहरू यस सूचीमा परेका छन्। […]

