विश्वविद्यालय खेलकुद यसै महिना

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनलको सह–आयोजनामा तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता माघ २२ गते हुने भएको छ । विश्वविद्यालय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र काठमाडौं विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण निर्देशनालयका का.मु. निर्देशक डा. गोकुल केसीले एक कार्यक्रमबीच सम्झौता […]

सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा

काठमाडौं । पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडी चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भइरहेको प्रतियोगितामा सञ्जय र अनिलको जोडीले एनवाइसीका चन्द्र लिम्बू र तुल्सी पुनको जोडीलाई २१–८ र २१–१९ को […]

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप: भुवन नगरकोटीलाई फराकिलो अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिनको समाप्तीमा भुवन नगरकोटी फराकिलो अग्रता सहित उपाधि जित्ने सम्भावनालाई मजबुत बनाउन सफल भएका छन्। बुधबार पार-७२को मिथिला नगरी आर्मी गल्फ क्लबमा भुवनले बोगी रहित २-अन्डर ७० स्कोर गर्दै ३६ होल सकिंदा समग्रमा ७-अन्डर १३७ को स्कोर बनाएका छन्। उनले दोस्रो […]

वादोरियो कराते भारत जाने

काठमाडौं । नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली वादोरियो कराते टोली बिहीबार भारतको भिषाकापटनम प्रस्थान गरेको छ । जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा राजु बुढाथोकी, ५५ केजीमा विसन थापा मगर, ४५ केजीमा रिजन बुढा मगर र ३० केजीमा शिशीर थापाले प्रतिस्पर्धा गर्ने छन् । […]

यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन सुरु

काठमाडौं। नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पहिलो दिन यु–१७ ब्वाइज सिंगल्समा लभ ब्याडमिन्टन एकेडेमीका अस्मित राणाले देवीनगरका सुभाङ आचार्यलाई २१–७ र २१–१० तथा नेपाल आर्मीका प्रतीक विष्टले धन्यन्तरीका सुशान्त प्रजापतिलाई १९–२१, २१–१९ […]

पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल माउन्टेन इन्स्ट्रक्टर्स एसोसिएसन (एनएमआईए)को सहकार्यमा मनाङको हुम्देमा सातौँ आइस क्लाइम्बिङ लेभल–वान तालिम सुरु भएको छ । माघ १३ देखि २२ गतेसम्म सञ्चालन हुने यो तालिम हिमाली क्षेत्रमा हुने प्राविधिक तथा व्यवहारिक अभ्यासमा केन्द्रित छ । कार्यक्रम माघ ९ गते काठमाडौंमा ‘सफ्ट ओपनिङ’ गर्दै सुरु भएको थियो । उक्त औपचारिक कार्यक्रममा […]

एक्सेल्सियर कपमा ८२ टिम

काठमाडौं। द एक्सेल्सियर स्कुलको आयोजनामा बुधबारदेखि हुने १२ औं एक्सेल्सियर कपमा ८२ टिमले भाग लिने भएका छन् । बास्केटबलको ३ विधामा २६ र फुटसलको ४ विधामा ५६ टिमको सहभागिता निश्चित भएको एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । बास्केटबलको सिनियर ब्वाइज/गल्र्समा समान १०–१० तथा यु–१२ गल्र्समा ६ टिम सहभागी हुने छन् […]

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकपडेब्यु

काठमाडौं ।  प्रख्यातएसियाली ब्रान्ड डेभिल्सले नेपालीक्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहनगर्दैनयाँअभियान सार्वजनिक गरेको छ। “डेभिल्स खाउँ,मुम्बई जाउँ”नामक यस अभियानमार्फत क्रिकेटप्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षीबन्ने दुर्लभ अवसर प्रदान गरिएको छ। यस अभियानअन्तर्गत, एक जना भाग्यशाली विजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेलप्रत्यक्ष हेर्न सबै खर्च […]

भारतलाई दुई खेल अघि नै सिरिज, अभिषेकको विस्फोटक अर्धशतक

काठमाडौं । भारतले न्युजिल्यान्ड विरुद्धको टि–२० सिरिज २ खेल अगावै जितेको छ । आइतबार भएको खेलमा पाहुना टोलिलाई ८ विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा ३–को अग्रता लिदै सिरिज जितेको हो । गुवाहाटीमा भएको खेलमा तेस्रो टी–२० अन्तर्राष्ट्रिय न्युजिल्यान्ड २० ओभरमा ९ विकेटको क्षतिमा १५३ रनमै बनाएको थियो । उक्त लक्ष्य भारतले २ विकेटको क्षतिमा […]

म्यानचेस्टर युनाइटेडसँग आर्सनल पराजित

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इमिरेट्स स्टेडियममा ५ गोलको रोमाञ्चक खेलमा प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई ३–२ ले हरायो । ८७ औं मिनेटमा माथेउस कुन्हाले उत्कृष्ट गोल गर्दै युनाइटेडलाई जित दिलाए । यो खेलसँगै आर्सनलले घरेलु मैदानमा सिजनको पहिलो हार भोग्यो । शीर्षस्थानका प्रतिस्पर्धी म्यानचेस्टर सिटी र एस्टन भिल्लाको जितले आर्सनलको अग्रता केवल ४ अंकमा सीमित […]