कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको राउन्ड अफ १६ को अन्तिम खेलको पेनाल्टी सुटआउटमा कोलम्बियालाई  ४–३ ले हराउँदै स्विट्जरल्यान्ड ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन […]

पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै इजिप्टलाई ३–२ ले पराजित गरेको हो । नाटकिय खेलमा ७९ मिनेटसम्म २–० ले पछि […]

विश्वकप फुटबल : अमेरिका पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा

काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै बेल्जिम विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियमले क्वाटरफाइनलमा स्थान सुनिश्चित गरेको हो । बेल्जियमको जितमा चाल्र्स केट्लरले दुई गोल गरे । उनले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेका थिए । अमेरिकाका मलिक टिलिमेनले ३१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । […]

विश्वपक फुटबल : स्पेन क्वाटरफाइनलमा प्रवेश, पोर्चुगल पराजित 

काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पारजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो । मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेको […]

एनपीएल तेस्रो संस्करण : क्याटेगोरी ‘सी’का १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेलाडी अक्सन सुरु भएसँगै पहिलो चरणको क्याटेगोरी ‘सी’ मा १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध भएका छन्। विराटनगर किङ्स र जनकपुर बोल्ट्सले सर्वाधिक ४ लाख २५ हजार रुपैयाँ खर्च गर्दै क्रमशः सुजन थपलिया र रित गौतमलाई टोलीमा भित्र्याएका छन्। राजधानीमा जारी अक्सनमा क्याटेगोरी ‘सी’ का ७७ खेलाडी […]

एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली खेलाडी अनुबन्ध गर्न पाउनेछ। अक्सनका लागि अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध हुनेछन्। यसपटक अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। तीमध्ये […]

इंग्ल्यान्ड क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो

काठमाडौं । दश खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग खेल्नेछ । राउण्ड अफ ३२ सम्म कुनै गोल नखाई शतप्रतिशत जित निकालेको घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ । अर्को आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै […]

हालान्डको दुई गोलमा नर्वे क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो

काठमाडौं । एर्लिङ हालान्डको दुई गोलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा स्थान बनाउँदा ब्राजिल भने ३६ वर्षपछि अन्तिम १६ बाटै बाहिरिएको छ । ब्राजिल यसअघि सन् १९९० मा अन्तिम १६ […]

राउन्ड अफ १६: ब्राजिल-नर्वे र मेक्सिको-इङ्गल्याण्ड भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ १६) अन्तर्गत दुईवटा खेलहरू हुँदैछन्। आजको पहिलो खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल र  नर्वे आमनेसामने हुँदैछन्। नेपाली समय अनुसार भोलि बिहान १:४५ बजे सुरु हुने यो  खेल अमेरिकाको प्रख्यात न्यू योर्क न्यू जर्सी रंगशाला मा खेलाइनेछ, जुन यसै विश्वकपको फाइनल खेल आयोजना हुने मुख्य […]

विश्वकप फुटबल : पाराग्वेलाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । पाराग्वेलाई हराउँदै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको फिलाडेल्फिया स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वार्टरफाइनलमा स्थान बनााएको हो । फ्रान्सको जितमा कप्तान किलियन एम्बाप्पेले निर्णायक गोल गरे । एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका […]