क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । सहआयोजक क्यानडालाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको हो । मोरक्कोको जितमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५०औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता […]

फिफा विश्वकप २०२६ को प्रि-क्‍वाटरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अन्तिम १६ टोलीहरूको टुङ्गो लागेको हो । ४ पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली राउन्ड अफ ३२ बाटै बाहिरिएका छन् । […]

घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको खेलमा घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । जोनले खेलको १४औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गरेका थिए । योसँगै अन्तिम […]

केप भर्डेमाथि संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । मियामी स्टेडियममा भएको खेलमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रोपटक बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो । […]

पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलोपटक अन्तिम १६ मा

काठमाडौं । इजिप्ट पहिलोपटक फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै इजिप्टले अन्तिम १६ मा पुगेको हो । पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनले गोल गर्न असफल हुँदा इजिप्ट विजयी भयो । त्यसअघि खेलको १३ औं मिनेटमा इमाम आशौरले गोल गर्दै […]

फिफा विश्वकप २०२६: आज राउन्ड अफ ३२ का अन्तिम ३ खेलहरू हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज  राउन्ड अफ ३२  का अन्तिम  खेलहरु हुँदैछन्। नेपाली समय अनुसार आज रातिको पहिलो खेलमा ११:४५ बजे डालस स्टेडियममा अस्ट्रेलिया र इजिप्ट आमनेसामने हुनेछन्। त्यस्तै, भोलि बिहान  ३:४५ बजे मियामी स्टेडियममा साविक विजेता अर्जेन्टिनाले  केप भर्डको सामना गर्नेछ। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आफ्नै घरेलु शहर मियामीमा खेल्न लागेकाले यो […]

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरूको वैदेशिक भ्रमण तथा अन्तर्राष्ट्रिय सहभागितामा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासको सुनुवाइ गर्दै विपक्षीका नाममा उक्त आदेश जारी गरेको हो। पंकज विक्रम नेम्बाङसहितको तर्फबाट दायर गरिएको […]

क्रोएसियालाई स्तब्ध बनाउँदै पोर्चुगल विश्वकपको प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । फिफा विश्वकप अन्तर्गत अन्तिम ३२ को खेलमा क्रोएसियालाई पराजित गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न खेलमा पोर्चुगलले क्रोएसियालाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । खेलमा अग्रता भने क्रोएसियाले लिएको थियो । तर, पोर्चुगलले पुनरागमनसहित जित निकालेको हो । टोरेन्टो स्टेडियममा भएको खेलको […]

१६ वर्षपछि नकआउट चरणमा पहिलो जित सहित स्पेन अन्तिम १६ मा

काठमाडौं । अस्ट्रियालाई ३–० ले पराजित गर्दे स्पेनले सन् २०१० पछि पहिलो पटक फिरुफा विश्वकपको नकआउट चरणमा जित हात पारेको छ । फिफा विश्वकप २०२६ मा शुक्रार बिहान भएको खेलमा मिकेल ओयाजाबालको दुई गोल मदतमा स्पेनले अस्ट्रिया माथि सहज जित हात पारेको हो । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई हराएर उपाधि […]

बोस्नियालाई हराउँदै आयाेजक अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौं । सहआयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहिबार भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एक एक गोल गरे । ४५ औं मिनेटमा फोलारिन […]