लुम्बिनी प्लेअफमा प्रवेश, जनकपुर बाहिरियो

काठमाडौं । नेपाल प्रिमियर लिग–२०२५ मा लुम्बिनी लायन्सले अन्ततः प्लेअफ यात्रा पक्का गरेको छ। त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको महत्वपूर्ण खेलमा लुम्बिनीले गत संस्करणको विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै प्रतियोगिताको अन्तिम चार टोलीमध्ये आफ्नो नाम सुरक्षित गरेको हो। जनकपुरमाथिको हारले न केवल उसको अभियान अन्त्य गर्यो, साथसाथै चितवन राइनोज र पोखरा एभेन्जर्सको सम्भावना […]

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । कीर्तिपुरस्थित मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अतिआवश्यक छ । लुम्बिनीले जितेको खण्डमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरने छन् । यदि यो खेल जनकपुरले […]

एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको २५औँ खेल हुँदैछ । लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच हुने उक्त खेल ‘प्लेअफ’मा पुग्ने अन्तिम टोलीसँग जोडिएकाले विशेष हुनेछ । हालसम्म ‘प्लेअफ’मा पुग्ने चारमध्ये तीन टोलीको टुङ्गो लागेको छ । अङ्क तालिकाको पहिलो स्थानमा अपराजित सुदूरपश्चिम रोयल्स छ । सुदूरपश्चिम क्वालिफायर एकमा पनि स्थान सुरक्षित गरिसकेको […]

एनपिएलमा आज एउटा मात्रै खेल, लुम्बिनीले जनकपुरको सामना गर्दै 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ ।  जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको […]

चितवनमाथि सुदूरपश्चिमको सहज जित, पुग्यो पहिलो क्वालिफायरमा

काठमाडौं । क्रिस लिनको पहिलो अर्धशतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको छ । चितवनलाई ४९ रनले पराजित गर्दै सुदूरपश्चिमल क्वालिफायर वान खेल्ने पक्का गरेको हो । लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का […]

एनपिएल क्रिकेट : आज दुई खेल हुँदैै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  आजको पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ः०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ । पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले  भने छ खेलबाट […]

एनपिएल क्रिकेटमा लुम्बिनी विजयी, विराटनगर ५ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई पराजित गरेको छ । यो महत्वपूर्ण जितसँगै लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना समेत कायमै राखेको हो । लुम्बिनीले विराटनगर माथि ५ विकेटको जित निकालेको हो । विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीको यो ६ खेलमा […]

एनपिएलः ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ । पहिलो संस्करणमा एउटा मात्र शतक प्रहार भएको थियो । तीनवटै शतक विदेशी खेलाडीले […]

एनपिएलः आज दुई खेल हुने

काठमाडौं ।  राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । लगातार चार खेल हारेर पुछारमा […]

एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो । […]