महिला फुटबल टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ, ‘जम्बो टोली’ जाने परम्परा तोडियो
काठमाडौं । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा विगतझैँ खेलाडी र अफिसियलसहित जम्बो टोली पठाउने परम्परालाई यसपटक नेपालले अन्त्य गरेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपका लागि नेपालले ३१ सदस्यीय टोली मात्र भारत पठाउने भएको छ । यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा आवश्यकताभन्दा ठूलो टोली पठाउँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) माथि अतिरिक्त आर्थिक भार पर्ने गरेको थियो । […]

