विश्वकपमा नर्वेको सानदार सुरुवात, इराक ४–१ ले पराजित

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ मा नर्वेले सानदार सुरुवात गरेको छ । नर्वेले इराकमाथि ४–१ को सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेलाई जित दिलाउन स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरे भने इराकको फितलो रक्षापङ्क्ति र दोस्रो हाफको कमजोर प्रदर्शनले उसलाई निरीह […]

विश्वकपमा फ्रान्सको विजयी सुरुवात, एम्बाप्पेको दुई गोल 

काठमाडौं । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा फ्रान्सले जित निकालेको छ । विश्वकपमा विजयी सुरुआत गर्ने क्रममा फ्रान्सले सेनेगललाई ३–१ गोलले पराजित गरेको हो । न्यूयोर्क–न्यु जर्सी स्टेडियममा मंगलबार भएको खेलमा कप्तान किलियन एम्बाप्पेले २ गोल गर्दै फ्रान्सका सर्वाधिक गोलकर्ता खेलाडी बन्ने कीर्तिमान समेत बनाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एम्बाप्पेले […]

विश्वकपमा भोलि ५ खेल हुने साविक विजेता अर्जेन्टिना मैदानमा उत्रँदै

काठमाडौं । भोलि फिफा विश्वकपमा ५ वटा खेलहरू हुँदैछन्। सबैभन्दा पहिले समूह ‘आई’  अन्तर्गत बिहाना १२:४५ बजे फ्रान्स र सेनेगल भिड्नेछन् भने बुधबार बिहान सबेरै ३:४५ बजे इराक र नर्वेबीच खेल हुनेछ। त्यसपछि समूह ‘जे’  का खेलहरू सुरु हुनेछन्, जसमा बिहान ६:४५ बजे अर्जेन्टिनाले अल्जेरियाको सामना गर्नेछ भने बिहान ९:४५ बजे अस्ट्रिया र जोर्डन आपसमा […]

केप भर्डका गोलकिपर जोसिमार डियासको इन्स्टाग्राम फलोअर्स एकै रातमा ५० हजारबाट ५० लाख नाघ्यो

काठमाडौं । २०२६ को फिफा विश्वकप सुरु हुनुअघि केप भर्डका गोलकिपर जोसिमार डियास, जो ‘भोजिन्हा’ नामले बढी चिनिन्छन्, उनको इन्स्टाग्राममा जम्मा ५० हजार जति फलोअर्स थिए। तर, एटलान्टामा भएको खेलमा उपाधि दाबेदार स्पेनलाई ०-० को बराबरीमा रोके । खेल सकिएको  केही घण्टामै भोजिन्हाको फलोअर्स संख्या  बढना थालेको थियो । खेलको अप्रत्याशित ‘म्यान अफ द म्याच’ […]

इरान र न्युजिल्यान्डबीच २-२ को बराबरी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’  खेलमा इरान र न्युजिल्यान्डले २–२ गोलको  बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको सुरुवातमै  लागि खेलको ७औं मिनेटमा एलिजा जस्ट  ले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि दबाबमा आएको इरानका लागि ३२औं मिनेटमा रामिन रेजायनले जवाफी गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो। […]

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

काठमाडौं । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।  साउदी अरबले खेलको पहिलो हाफको ४१ औँ मिनेटमा अद्दुलेलाह अल अमिरीको गोलबाट अग्रता बनाएको थियो तर जोगाउन सकेन । मियामी रङ्गशालामा उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो । उसले खेलको ८० औँ मिनेटमा […]

फिफा विश्वकप २०२६ को रोमाञ्चक यात्रा जारी, डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी छ । समूह चरणका खेलहरूबाटै विश्वभरका फुटबल समर्थकहरू उत्साहित भइरहेका बेला डिशहोमले नेपाली दर्शकहरूलाई मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट विश्वकपका सम्पूर्ण खेलहरू प्रत्यक्ष हेर्ने सुविधा उपलब्ध गराइरहेको छ । फुटबल समर्थकहरूको फरक-फरक आवश्यकता र हेर्ने शैलीलाई ध्यानमा राख्दै डिशहोमले आफ्नो डिजिटल प्लेटफर्म […]

जर्मनीसँग ७–१ ले हारे पनि इतिहास रचै कुरासाओले

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत हिजो भएको समूह चरणको खेलमा जर्मनीले पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओलाई ७–१ को फराकिलो अन्तरले पराजित गरेको छ। खेलमा जर्मनीले ७ गोल गर्दा कुरासाओले मात्र १ गोल फर्काउन सक्यो,  जसका कारण कुरासाओ विश्वकपको एउटै खेलमा ७ गोल खाने  पाँचौँ देश बनेको छ। खेल हारे पनि जम्मा १ लाख ५८ […]

आज स्पेन र केप भर्डे भिड्दै, मंगलबार तीन खेल हुने

काठमाडौं । फिफा विश्वकप २०२६, अन्तर्गत सोमबार समुह ‘एच’ का स्पेन र केप भर्डे बिच खेल हुनेछ । नेपाली समय अनुसार सोमबार बेलुका ९ः४५ मा उक्त खेल एटलान्टा रंगशालामा  हुनेछ। साथै, मंगलबार तीन खेल हुनेछ  ।  समुह ‘जी’ अन्तर्गतको बेल्जीयम र इजिप्टले सिएटल रंगशालामा  बिहान १२ः४५ मा पहिलो खेल खेल्नेछ । समुह ‘एच’ का साउदी […]

ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’ को शीर्ष स्थानमा स्विडेन

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘एफ’ अन्तर्गत आज भएको खेलमा स्विडेनले ट्युनिसियामाथि ५–१ को फराकिलो जित दर्ता गर्दै। स्विडेन  समूहको शीर्ष स्थानमा उक्लिएको छ । खेलको सातौँ मिनेटमै यासिन अयारीको गोलबाट सुरुवाती अग्रता लिएको स्विडेनका लागि ३० औँ मिनेटमा अलेक्जेन्डर इसाकले दोस्रो गोल गरे भने पहिलो हाफ सकिनुअघि ४३ औँ मिनेटमा ट्युनिसियाका ओमार […]