महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ जारी

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकत्सोवको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ प्रतियोगिता गरेको  छ । बैंकको ३० औं वार्षिकत्सोवको अवसरमा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४’ प्रतियोगिताको तेस्रो संस्करण मंगलबार देखि सञ्चालनभएको हो । प्रतियोगितामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सका समूहरु  छन् भने उनीहरुले एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै, मंगलबार […]

टी–२० विश्वकपमा नेपाली खेलाडीको प्रत्यक पाँच रनमा सुपर कृषक एपद्वारा कफी बिरुवा वितरण

काठमाडौं । सुपर कृषक एपले नेपाली क्रिकेट र कृषकहरुलाई एकैसाथ जोड्ने उद्देश्यका साथ “पाँच रन बापत एक कफी बिरुवा” अभियानको घोषणा गरेको छ । यस अभियान अन्तर्गत,अमेरिका र वेस्ट इन्डिजमा हाल भईरहेको र्आसीसी टी–२० वर्ल्डकप (ICC T-20 Men’s World Cup)मा नेपाली  क्रिकेट खेलाडीले पिचमा हानेको ५ रन बराबर सुपर कृषकले नेपाली किसानलाई एक कफी बिरुवा प्रदान […]

टुँडिखेल, तीनकुने र हाँडीगाउँमा नेपालको खेल लाइभ हेर्न पाइने

काठमाडौं । ‘टी–२० विश्वकप’ क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ । नेपाली समयअनुसार आज (मंगलबार) साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको […]

टी–२० विश्वकपः नेपालले कति रकम घर ल्याउँछ

काठमाडौं । टी–२० विश्वकप क्रिक्रेटको ९ औं संस्करण अमेरिका र वेस्टइन्डिनमा जेठ १९ गतेदेखि सुरु भएको छ। १० मिलियन अमेरिकी डलर पुरस्कार राशीको यस प्रतियोगितामा नेपाल सहित २० टिमले प्रतिस्पर्धा गरिरहेका छन्। टी–२० विश्वकपको इतिहासमा पहिलो पटक २० टिमले प्रतिस्पर्धा गरिरहेका छन्। यसमा ११ टेस्ट राष्ट्र र ९ एसोसिएट टिमले भाग लिइरहेका छन्। उक्त कुल […]

टी-२० विश्वकपः पहिलो खेलमा अमेरिका विजयी

काठमाडौं । टी-२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अमेरिका विजयी सुरुवात भएको छ। अमेरिकाले क्यानडालाई सात विकेटले हराएको छ। क्यानडाले प्रस्तुत गरेको एक सय ९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर चार बलमा तीन विकेटको क्षतिमा भेट्टायो । अमेरिकाका लागि आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाए । यस्तै एन्ड्रिज गौसले ६५ रन बनाए । क्यानडाका […]

कोलकातालाई आईपीएलको उपाधी

काठमाडौं । कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ । फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो । हैदराबादले दिएको १ सय १४ रनको लक्ष्य कोलकाताले १० ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । कोलकाताका रहमनुल्लाह गुर्बाजले ३९ र वेंकटेश ऐरले ५२ रन बनाए। […]

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन वृत्तिको व्यवस्था

काठमाडौं । सरकारले ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने दुई सय ५५ खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्था गर्ने भएको छ ।  अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभामा आज पेस गरेको आर्थिक सर्वेक्षणमा खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्था गरिएको बताए। उनले खेलाडीको क्षमता अभिवृद्धिका लागि मनाङको तिमाङमा हाई अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि […]

अमेरिकाले बंगलादेशसँगको टी-२० सिरिज जित्यो

काठमाडौं ।  एसोसियट राष्ट्र अमेरिकाले टेस्ट मान्यता प्राप्त बंगलादेशसँगको टी–२० सिरिज जितेको छ। गएराति भएको खेलमा अमेरिकाले बंगलादेशलाई ६ रनले हरायो । विश्वकप क्रिकेटअघि खेलिएको तीन खेलको टी–२० सिरिजमा लगातार दुई खेल जित्दै अमेरिकाले सिरिज आफ्नो बनाएको हो। अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बंगलादेश ३ बल बाँकी छँदै १ सय ३८ रनमा […]