हाइलाइफ फुड्स लुम्बिनी लायन्सको जीर्सी प्रायोजक

काठमाडौं । नेपालकै एफएमजिसीमा अग्रणी ब्रान्ड हाइलाइफ फुड्सले नेपाल प्रिमियर लिग (एनपीएल)को लागि लुम्बिनी लायन्ससँग जर्सीमा सहकार्य गरेको छ । क्रिकेटको उत्साह र स्वस्थ जीवनशैली भन्ने मूल नारासहित यो कम्पनीले लुम्बिनी लायन्सप्रति समर्थन जनाउँदै सहकार्य गरेको हो । हरेक खेलाडीहरु स्वस्थ राख्नुको साथै हरेक नेपालीहरुलाई स्वस्थ जीवनशैली बाच्नको लागि हाइलाइफका विभिन्न ब्रान्डहरुले हरेक नेपालीको घर–घरमा हरेक […]

एनसेल फाउण्डेसनले एनपीएलको प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका वापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्नेछ । यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ र […]

१९ करोड लागतमा सानो गौचरनमा स्टेडियम बन्दै

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुन:निर्माणको काम थालनी गरेकी हुन् । २२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको काम गर्न आव्हान गरिएको बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुन:निर्माणको जिम्मेवारी पाएको छ । […]

एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । एसीसी यु–१९ एसिया कपमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) तर्फ लागेका नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । क्यानद्वारा आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् । एसिया कप यही मङ्सिर १४ […]

नेपाल प्रिमियर लिगका टिकट अब खल्ती एपमा: डिजिटल क्रिकेट फेस्टिभल सुरु

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग सहकार्य गर्दै नेपाली क्रिकेट जगतको महा उत्सव, द फेस्टिभल अफ हिमालयज ‘नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा आधिकारिक टिकटिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । यो लिगले देशभित्र र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेट उत्थानको लागि एक महत्त्वपूर्ण भूमिका खेल्ने […]

एनपीएलका लागि टिकट मूल्य सार्वजनिक

काठमाडौं । मङ्सिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि टिकट मूल्य निर्धारण गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो । मङ्सिर १५ गते हुने उद्घाटन खेलका लागि सामान्यतर्फ रु तीन सय र भिआइपीतर्फ रु सात सय टिकट मूल्य राखिएको क्यानले […]

एनपीएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहरा परिसरबाट नेपाल प्रिमियर लिग ‘एनपीएल’ को ट्रफीको आज अनावरण गर्दै यस लिगले नेपालको पर्यटन प्रवर्द्धन र युवा खेल प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले खेल क्षेत्रका लागि सरकारले पर्याप्त स्रोत, साधन उपलब्ध गराउन नसके पनि लिगका लागि सक्दो सहयोग, साथ, सहयोग […]

यू-१९ एशिया कपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) यु १९ एशिया कपको लागि नेपाली टोली घोषणा भएको छ । एसीसीको आयोजनामा यु १९ एशिया कप आगामी शुक्रबारबाट युएईमा सुरु हुने प्रतियोगिताका लागि नेपाल क्रिक्रेट संघ (क्यान)ले शनिबार नेपाली टोली घोषणा गरेको हो । १५ सदस्यीय नेपाली टोलीको कप्तानका रुपमा हेमन्त धामी नियुक्त गरिएको छ । यस्तै उपकप्तानमा अर्जुन […]

सुदूरपश्चिम रोयल्सको टेलिकम पार्टनर नेपाल टेलिकम

काठमाडौं । मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच प्रायोजन सम्बन्धी समझदारीपत्र आदान(प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल टेलिकम, केन्द्रीय कार्यालयमा मंसिर ४ मा सम्पन्न उक्त समझदारी अनुरुप एनपीएल प्रतियोगिता २०८१ मा सुदूरपश्चिम रोयल्स टिमको टेलिकम पार्टनरको रुपमा नेपाल टेलिकम […]

एनसेल नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ साझेदार

काठमाडौं । आगामी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को व्यग्रताका साथ प्रतिक्षा हुँदै गर्दा, एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । प्रायोजन सम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुऱ्याउने विश्वास लिईएको छ । व्यावसायिक फ्रेन्चाइजमा आधारित […]