अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

काठमाडौं । अस्ट्रेलियाले वर्षाले अवरुद्ध पहिलो एकदिवसीय खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ । योसँगै ३ खेलको सिरिजमा घरेलु टोलीले १–० को अग्रता समेत लिएको छ । लगातार चारपटक वर्षाका कारण रोकिएको खेल अन्ततः २६–२६ ओभरमा छोट्याइएको थियो । भारतले पहिले ब्याटिङ गर्दै २६ ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो । डकवर्थ–लुइस नियमअनुसार […]

हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै

काठमाडौं ।  हङकङ क्रिकेट सङ्घको आयोजनामा हुने ‘हङकङ सिक्सेस’ प्रतियोगितामा मा नेपालले भाग लिने भएको छ । आगामी नोभेम्बर ७ देखि ९ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले शरद् भेषावकरको कप्तानीमा आज सात सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । क्यानले कप्तान शरद्सँगै सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल […]

एक दिवसीय टोलीमा अनिलको पुनरागमन

काठमाडौं। विकेटकिपर तथा ब्याटर अनिलकुमार साह र बलर शाहब आलमले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु टोली यूएई र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजका लागि यी दुई खेलाडीलाई पुनरागमन गराएको हो। दुबई अन्तर्राष्ट्रिय रंगशालामा सिरिज आगामी २६ अक्टोबरदेखि सुरु हुनेछ। अक्टोबर २६ मा नेपाल […]

नेपाललाई विश्वकप छनोटको उपाधि, अन्तिम खेलमा सामोआ माथि १२४ रनको जित

काठमाडौं । नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । छनोट खेलमा नेपाल अपराजित रह्यो । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा आज भएको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपाल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो । नेपालले जितको लागि दिएको २१२ रनको […]

टी–२० विश्वकप छनोटः नेपाल र सामोआबीच आज खेल हुँदै

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट प्रतियोगिताको अन्तिम खेल आज नेपाल र सामोआबीच हुँदैछ । विश्वकपमा छनोट भइसकेको नपाल र तालिकाको पुछारमा रहेको सामोआबीचको खेल नेपाली समय अनुसार अपरान्ह सवा चार बजे शुरु हुनेछ । नेपालले आफ्नो अविजित यात्रा जारी राख्न र ट्रफीका लागि खेल्दैछ भने सामोआ सुपरसिक्समा […]

विलियमसन लखनऊको रणनीतिक सल्लाहकार

काठमाडौं । न्युजिल्यान्डका पूर्व कप्तान केन विलियमसन आगामी आईपीएल २०२६ मा लखनऊ सुपर जायन्ट्स (एलएसजी) का रणनीतिक सल्लाहकारमा नियुक्त भएका छन्। टिमका मालिक सञ्जीव गोयनकाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेका हुन्। गोयनकाले लेखेका छन्,‘विलियमसनको नेतृत्व, रणनीतिक समझ, खेलप्रतिको गहिरो ज्ञान र खेलाडीलाई प्रेरित गर्ने क्षमता उनलाई हाम्रो नियुक्त गरिएको हो।’ ३५ वर्षीय […]

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनर ‘सलिको’

काठमाडौं । नेपाल प्रिमियर लिग ‘एनपीएल’ सिजन –२ को लागि सुदूरपश्चिम रोयल्सले इन्स्योरेन्स पार्टनरको रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई नियुक्त गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सुदूरपश्चिम रोयल्सको सीईओ प्रकाश खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापश्चात एनपीएल सिजन–२ को लागि सुदूरपश्चिम रोयल्सलाई कम्पनीले बीमा सेवा उपलब्ध गराउन भएको […]

आईसीसी टी–२० विश्वकप छनोटमा नेपालद्वारा ओमान ३८ रनले पराजित

काठमाडौं । टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । यो सँगै नेपालले छनोट उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको छ । हिजोको खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रनमा समेटियो । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले २० […]

नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ । आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई हराएसँगै नेपाल शीर्ष ३ मा पर्ने पक्का भएर विश्वकपमा छनोट भएको हो । नेपाल यसअघि सन् २०१४ र २०२४ को विश्वकपमा छनोट भएको थियो […]

नेपाल भियतनामसँग पराजित भएसँगै छनोटको संभावना सकियो

काठमाडौं । एएफसी एसियन कप छनोटको दोस्रो लेगमा पनि नेपाल भियतनामसँग १–० गोल अन्तरले पराजित भएको छ । लगातरको चौथो हारमा नेपालको छनोट यात्रामा पूर्ण विराम लागेको हो । भियतनाममा आज भएको खेलको पाँचौ मिनेटमा नै भियतनामले अग्रता बनायो । नेपालका डिफेन्डर सुमन श्रेष्ठले आत्मघाती गोल गरे। ट्रोङ् टाएनलेको कर्नरमा नुयन हिउले हानेको बल सुमनको […]