जेम्सलाई यु–१४ क्रिकेट उपाधि

काठमाडौं। अपराजित रहँदै जेम्सले प्रथम मातृभूमि अन्तरविद्यालय यु–१४ टी १० क्रिकेट प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सानोठिमीस्थित मातृभूमि स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा जेम्सले अक्षरालाई ३ रनले पराजित ग¥यो । अक्षरा पनि कुनै खेल नगुमाइ फाइनलमा पुगेको थियो । कागेश्वरी मनोहरा नगरपालिको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा पहिले ब्याटिङ गरेको जेम्सले निर्धारित १० ओभरमा […]

भारतको विजयी, जिम्बावे सेमिफाइनल दौडबाट बाहिरियो

काठमाडौं । साविक विजेता भारतले टि‌ ट्वान्टी विश्वकपको सेमिफाइनल पुग्ने आशा कायम राख्ने क्रममा जिम्बावेलाई ७२ रनले हराएको छ।चेन्नईमा भएको खेलमा भारतको जितपछि जिम्बावे प्रतियोगिताबाट बाहिरिएको छ । पहिले ब्याटिङ गरेको भारतले ४ विकेट गुमाएर २५६ रनको विशाल योगफल बनायो। यो टि ट्वान्टी विश्वकप इतिहासकै दोस्रो ठूलो स्कोर हो। भारतका लागि अभिषेक शर्माले ५५ रन […]

टेनिस टोली भियतनाम जाने

काठमाडौं । भियतनाममा हुने यु–१४ उमेर समूहको ‘वल्ड्र जुनियर टेनिस प्रतियोगिता’मा मा नेपालका ६ खेलाडीले सहभागिता जनाउने भएका छन् । सहभागिता जनाउने खेलाडीमा पुरुषतर्फ सभ्यजङ्ग कार्की, विश्व विशेष डल्लाकोटी र अर्याशराज पौडेल तथा महिलातर्फ सारा पन्त, एरा खत्री र स्वराह थापा रहेका छन् । प्रशिक्षकमा कुमार अधिकारी छन् । महिला खेलाडीको प्रतियोगिता मार्च २ देखि […]

हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास

काठमाडौं । लागुऔषध गिरोहका शक्तिशाली नेताको मृत्युपछि भड्किएको हिंसाले मेक्सिकोको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्षले भने आगामी विश्वकप आयोजना क्षमतामा पूर्ण भरोसा व्यक्त गरे । तीन महिनाभन्दा बढी समय बाँकी रहँदा देशले सह–आयोजकका रूपमा जिम्मेवारी सम्हाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठिरहेको छ तर फिफाका अध्यक्ष जियानी इन्फ्यान्टिनो विश्वस्त […]

टी–२० विश्वकप : सुपर एटबाट बाहिरीने पहिलो टोलि श्रीलंका

काठमाडौं । घरेलु मैदानमा न्यूजिल्यान्डसँग पराजित हुँदै श्रीलंका टी–२० विश्वकपको सुपर एट चरणबाट बाहिरिएको छ । लगातार दोस्रो हारसँगै सह आयोजक राष्ट्र श्रीलंका सुपर एटबाट बाहिरिने पहिलो टोलि बनेको हो । श्रंलंका न्यूजिल्यान्डसँग ६१ रनको पराजित भएको हो । जितका लागि १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १०७ रन मात्रै बनाउन सक्यो । उसको सुरुआत अत्यन्तै […]

हिमालय र संस्कृति सेमिफाइनलमा

काठमाडौं। हिमालय र संस्कृति शिक्षा सदन प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीको कोर्टमा हिमालयले तेजस्वीलाई ५०–४४ ले पराजित गर्‍यो । हिमालयको जितमा अरुण कार्कीले २८ अंक योगदान गरे । रोमन गुरुङको २९ अंक सहयोगमा संस्कृतिले गुरुकुललाई ४१–३० ले हरायो । ह्वाइट […]

बुदोकैदो टोली रुस जाने

काठमाडौं। नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ । फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ७० केजीमा सनीसिंह सुनार, ७५ केजीमा सागर विष्ट, ८० केजीमा मुकेशकुमार चन्द र […]

काष्ठमण्डपलाई फुटसल उपाधि

काठमाडौं। आयोजक काष्ठमण्डप ‘ए’ ले काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।मण्डिखाटारस्थित आफ्नै हातामा भएको फाइनलमा काष्ठमण्डप ‘ए’ ले एआईटीएमलाई २—० गोलले पराजित गर्‍यो । दुवै गोल प्रशान्त मेन्याङबो लिम्बूले गरे । त्यसअघि सोमबारै भएको सेमिफाइनलमा काष्ठमण्डप ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३—० तथा एआईटीएमले द सेलिब्रेसन को—एडलाई २—१ गोलले हराउदै उपाधि भिडन्त […]

दक्षिण अफ्रिकासँगै हार्‍यो भारत

काठमाडौं । दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा भारतलाई ७६ रनले पराजित गरेको छ। १८८ रनको लक्ष्य पछ्याएको भारत १८.५ ओभरमा १११ रनमै अलआउट भयो। भारतको सुरुआत अत्यन्त खराब रह्यो। ईशान किशन शून्यमै आउट भए। अभिषेक शर्मा १५ रन, तिलक वर्मा १ रन र कप्तान सूर्यकुमार यादव १८ रनमा समेटिए। वाशिङ्टन सुन्दरले ११ रन बनाए। मध्यक्रममा शिवम […]

काष्ठमण्डपको दुवै टोली सेमिफाइनलमा

काठमाडौं। आयोजक काष्ठमण्डपको ‘ए’ र ‘बी’ दुवै टोली काष्ठमण्डप छात्र फुटसल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डप ‘ए’ समूह ‘ए’ को उपविजेता तथा काष्ठमण्डप ‘बी’ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । काष्ठमण्डप ‘ए’ ले ६ तथा काष्ठमण्डप ‘बी’ ले ७ अंक जोडे । प्रतियोगितामा सहभागी ८ टिमलाई दुई  समूह विभाजन […]