युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत गरिने छ : ट्रम्प

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न उठिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत गरिने बताएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यस्तो जानकारी दिएका हुन् । फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणपछि सुरु भएको युद्धका कारण क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले […]

च्याम्पियन्स लिग : लिभरपुल पराजित, बार्सा बराबरीमा रोकियो

काठमाडौं । च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा लिभरपुल टर्कीको क्लब गालातासारेसँग १–० ले पराजित भएको छ । खेल इस्तानबुलमा भएको थियो । अब दोस्रो लेग मार्च १८ मा एनफिल्डमा हुनेछ । खेलको सातौँ मिनेटमै मारियो लेमिनाले हेडमार्फत गोल गर्दै गालातासारेलाई अग्रता दिलाए । यो सिजन कर्नरबाट लिभरपुलले बेहोरेको १०औँ गोल हो । घाइते […]

इनक्लाइन स्केटिङ शनिबार

काठमाडौं । डाइनामिक स्केट क्लबको आयोजनामा डाइनामिक कप इनक्लाइन स्केटिङ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष/महिलातर्फ विभिन्न उमेरसमूहमा करिब ५ सय खेलाडीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रोजन भासिमाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको समन्वय तथा सहयोगमा हुन लागेको प्रतियोगिता पाराग्वेमा अक्टोबरमा हुने रोलर डर्बी […]

टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार

काठमाडौं । तेस्रो पटक आइसिसी टी–२० विश्वकप जितेर इतिहास रचेको भारतीय पुरुष क्रिकेट टोलीलाई भारतको क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले एक करोड ४० लाख अमेरिकी डलर नगद पुरस्कार दिने घोषणा गरेको छ । बिसिसिआईले मङ्गलबार जारी गरेको वक्तव्यमा खेलाडी, प्रशिक्षक, सहयोगी स्टाफ तथा चयनकर्ताहरूको ‘ऐतिहासिक उपलब्धि’ को सम्मानस्वरूप उक्त पुरस्कार उपलब्ध गराइने जनाएको छ । […]

मार्सल आर्ट्स र आर्चरी टोली चीन जाने

काठमाडौं। विशेष प्रशिक्षण कार्यक्रममा सहभागी हुन मार्सल आर्ट्स र परम्परागत धनुर्विद्या (ट्रेडिसनल आर्चरी) टोली मंगलबार चीनको कुन्मिङ प्रस्थान गर्ने भएको छ । चीन प्रस्थान गर्ने छ सदस्यीय टोलीमा राजिव महर्जन, राजकुमार राई, तेम्बा भोटे, शंकर भुजेल, उमेश महर्जन र राज महर्जन रहेका छन् । कुन्मिङमा रहँदा टोलीले चिनियाँ प्रशिक्षकहरूसँग आधुनिक मार्सल आर्ट्स र प्राचिन धनुर्विद्याका […]

भारतलाई तेस्रोपटक टी–२० विश्वकपको उपाधि, न्यूजिल्यान्ड पराजित

काठमाडौं । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको आईसीसी टी–२० विश्वकपको फाइनलमा भारतले न्यूजिल्यान्डलाई हराउँदै च्याम्पियन बनेको छ । यससँगै भारत टी–२० विश्वकप तीन पटक जित्ने पहिलो देश बनेको छ । भारतले सन् २००७, २०२४ र अब २०२६ मा टी–२० विश्वकप जितेको हो । भारतले न्यूजिल्यान्डलाई जितका लागि २ सय ५६ रनको लक्ष्य दिएको थियो । […]

टी–२० विश्वकपः भारतविरुद्ध उपाधि जित्न न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकपको फाइनमा भारतले न्यूजिल्याण्डलाई जितका लागि २५६ रनको विशाल लक्ष्य दिएको छ ।अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा साविक विजेता समेत रहेको भारतले निर्धारीत ओभरमा ५ विकेट गुमाएर २५५ रन बनाए पछि न्यूजिल्याण्डले २५६ रनको लक्ष्य पाएको हो । भारतका लागि तीन जना खेलाडीले अर्धसतक प्रहार गरे । उसका सन्जु सामसन, अभिषेक […]

विश्वकप क्रिकेट फाइनल : न्यूजिल्याण्डले टस जित्यो

काठमाडौं ।  आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा न्यूजिल्याण्डले टस जितेर पहिला बलिङ रोजेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भर्खरै भएको टसमा न्यूजिल्याण्डका कप्तान मिचेल स्यान्टनरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । यससँगै भारतले पहिला ब्याटिङ गर्नेछ । भारतको टोलीको कप्तानी सूर्यकुमार यादवले सम्हाल्ने छन् भने विकेटकिपरको जिम्मेवारी […]

टी २० विश्वकप : उपाधिका लागि भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने

काठमाडौं । आईसीसी टी२० विश्वकप २०२६ को उपाधिका लागि आज सह–आयोजक भारतले न्युजिल्यान्ड भिड्ने भएका छन् । फाइनल खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । दुई पटकको विजेता भारत तेस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने न्युजिल्यान्ड भारतलाई घरेलु मैदानमा पराजित गर्दै पहिलो विश्वकप उपाधि उचाल्ने […]

इंग्ल्यान्डलाई हराउँदै भारत टी-२० विश्वकपको फाइनलमा

काठमाडौं । इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारत जारी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। भारतले दिएको २५४ रनको लक्ष्य पछाएको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै २४६ रन बनाएको हो। इंग्ल्यान्डका लागि ज्याकब बेथेलले १०५ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै विल ज्याकले ३५ रन बनाए भने जोस बटलरले २५ रन बनाएका थिए। त्यस्तै जोफ्रा […]