आर्सनलले जित्यो महिला च्याम्पियन्स कप
काठमाडौं । केटलिन फोर्डले अतिरिक्त समयमा ‘ब्रेकअवे’ बाट निर्णायक गोल गरेपछि आर्सनलले ब्राजिलको कोरिन्थियन्सलाई ३–२ ले पराजित गर्दै पहिलो महिला च्याम्पियन्स कपको उपाधि जितेको छ। आइतबार एमिरेट्स स्टेडियममा भएको फाइनल खेल निकै रोमाञ्चक रह्यो। दोस्रो हाफको इन्जुरी समयमा कोरिन्थियन्सकी भिक्टोरियाले मुसलधारे वर्षाबीच पेनाल्टी गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याएकी थिइन्। तर, अतिरिक्त समयको १०४औं […]

