फेरिल्यान्ड बास्केटबल आइतबारदेखि
काठमाडौं। फेरिल्यान्ड इन्टरनेसनल स्कुलको आयोजनामा दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गल्र्समा समान १२–१२ गरी २४ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा फेरिल्यान्डका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी गराए । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । […]

