लिटिल एन्जल्सलाई लोयल्टी कप
काठमाडौं। लिटिल एन्जल्सले १४ औं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीमा भएको फाइनलमा लिटिल एन्जल्सले काठमाडौं भ्याली स्कुललाई ५–१ गोलले पराजित गर्यो । प्रणव बोगटीले ह्याट्रिक गरे भने सन्द्रप शाहीले २ गोल थपे । काठमाडौं भ्यालीका नोर्बु छिरिङ घलेले सान्त्वना गोल गरे । प्रतियोगिता […]

