नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ‘सुपर एट’ मा

काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिज सुपर एटमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाललाई ९ विकेटले हराउँदै लगातार ३ जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंकसहित एक खेल अगावै सुपर एटको टिकट काटेको हो । यता, लगातार तीन हार ब्यहोरेको नेपाल भने एक खेल अगावै सुपर एट दौडबाट […]

ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत नेपालले वेस्ट इन्डिज सामू १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३३ रनको योगफल बनाएको हो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्बाधिक ५८ रनको योगदान […]

रियल म्याड्रिड शीर्ष स्थानमा

काठमाडौं । रियल म्याड्रिडले रियल सोसिडाडलाई ४–१ ले हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। दुई महिनापछि पहिलो पटक सुरुआती टोलीमा परेका ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्डले खेलको पाँचौँ मिनेटमै उत्कृष्ट क्रस दिएका थिए। उनको पासमा गोन्जालो गार्सियाले गोल गर्दै रियललाई अग्रता दिलाए। २१औँ मिनेटमा सोसिडाडका मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। तर त्यसको चार […]

जित्नै पर्ने दबाबमा बलियो टोलि वेस्ट इन्डिजसँग खेल्दै नेपाल 

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेल नेपालले आइतबार (आज) वेस्ट इन्डिजसँग खेल्दैछ । सो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । लगातार रुपमा दुई खेल हारेको नेपालले यस खेलमा जित्नै पर्ने दबाब छ । आजको खेलमा वेस्ट इन्डिजसँग पराजित भएमा नेपाल समूह चरणबाट नै […]

प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा

काठमाडौं। प्याब्सन बागमती यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोश्रो जितसंगै बागमती एक खेल अगावै समूह ‘बी’ बाट ४ अंक जोड्दै सेमिफाइनलमा पुगेको हो । प्रतियोगिताकै पहिलो खेलमा बागमतीले प्याब्सन सुदूरपश्चिमलाई ३ विकेटले हराएको थियो । चार टिम रहेको यो समूहबाट मधेश पनि समान ४ अंकसहित सेमिफाइनलमा पुग्न […]

न्यु होराइजनको विजयी सुरुवात

काठमाडौं । रुपन्देहीमा सुरु भएको यु १९ क्रिकेट प्रतियोगितामा न्यु होराइजन क्रिकेट एकेडेमीले विजयी शुरुवात गरेको छ । पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले आफनो स्वर्गिय बुबा खड्ग प्रसाद गौचनको स्मृतिमा आयोजना गरेको सातौ संस्करणको यु–१९ राष्ट्रीय क्रिकेट प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा रुपन्देहीको न्यु होराइजनले नेपथ्य तिलोत्तमा क्रिकेट क्लबमाथि ५ विकेटको […]

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

काठमाडौं। नेपाल हक्की संघको आयोजनामा दोश्रो राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ गण्डकी, कोशी, मधेश, सुदूरपश्चिम, बागमती प्रदेश र नेपाल पुलिस क्लब गरी ६ टिम सहभागी रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने […]

झापा गोल्डकपः एपिएफ फाइनलमा

झापा । झापामा जारी ‘झापा गोल्डकप’अन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा एपिएफ क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । एपिएफले आयोजक झापा–११ लाई घरेलु मैदानमा टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलयात्रा तय गरेको हो । एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै एपिएफले जित हासिल गरेको […]

टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो

काठमाडौं । जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको छ । कोलम्बोको आर. प्रेमादासा रंगशालामा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जिम्बाब्वेले २० ओभरमा २ विकेट गुमाएर १६९ रन बनाएको थियो। जवाफमा अष्ट्रेलिया १९.३ ओभरमा १४६ रनमा अलआउट भयो। म्याट रेनशाले ६५ रन बनाए भने ग्लेन म्याक्सवेलले ३१ रन बनाए। मार्कस स्टोइनिस (६), […]

खुम्बु ल्होसार कप फुटबल : नाम्चे सेमिफाइनलमा

काठमाडौं । नाम्चे युथ क्लब १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह ‘बी’ को लिगमा नाम्चेले आमादब्लम युथ क्लबलाई २–१ गोलले पराजित गर्‍यो । नाम्चेका विशाल मगर र ओसिन निमा टासीले समान १–१ गोल गरे । आमादब्लमका कर्मा टासी शेर्पाले १ गोल फर्काए । […]