नेपाल टेलिकमद्वारा बाढी प्रभावित क्षेत्रमा राहत तथा सञ्चार सुविधा घोषणा

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट तथा तनहुँ जिल्लाका नागरिक तथा पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणगढ सडक क्षेत्र आसपास बसोबास गर्ने तथा बाढीबाट प्रत्यक्ष प्रभावित नागरिकलाई लक्षित गरी विभिन्न राहत तथा सञ्चार सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। बाढीका कारण क्षति भएका र पुनः […]

नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास-आईटी, स्वीट्जरल्यान्डमा टेक रोडशो सम्पन्न

ज्युरिख । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा ‘नेपाल टेक रोडशो स्वीट्जरल्यान्ड २०२६’ सम्पन्न भएको छ । सेप्टेम्बर १६ मा स्वीट्जरल्यान्डको ज्युरिखमा आयोजित कार्यक्रममा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाबीच नेपाली आईटी उद्योगको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका […]

सन् २०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड

काठमाडौं। आईडीसी क्वार्टरली वेयरेबल डिभाइस ट्र्याकरको पछिल्लो तथ्यांकअनुसार हुवावेले सन् २०२६ को पहिलो ६ महिनामा विश्वव्यापी स्मार्टवाच बजारमा विश्वकै नम्बर १ ब्रान्डको स्थान कायम राखेको छ। सन् २०२६ को पहिलो ६ महिनामा हुवावेले विश्वव्यापी स्मार्टवाच बजारमा २१ प्रतिशतभन्दा बढी बजार हिस्सा हासिल गरेको छ। यससँगै विश्वव्यापी वेयरेबल बजारमा हुवावेको उपस्थिति थप मजबुत भएको कम्पनीले जनाएको […]

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं । नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थी छनोट प्रक्रिया आजदेखि सुरु भएको छ । निमा एजुसेशन फाउण्डेसनले आज यहाँ एक कार्यक्रमसहित आगामी वर्ष हुने ‘कोडेभर अन्तर्राष्ट्रिय’ प्रतिस्पर्धामा भाग लिने नेपाली विद्यार्थी छनोट प्रक्रिया शुभारम्भ गरेको हो । सातदेखि १८ वर्ष उमेर समूहका विद्यार्थीले भाग लिन पाउने सो अन्तरराष्ट्रिय प्रतियोगितामा करिब ५० […]

साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य

काठमाडौं । साझा यातायातको डिजिटल टिकेटिङ प्रणालीमा आधिकारिक पेमेन्ट पार्टनरको रुपमा  नेपाल इन्भेष्टमेष्ट मेगा बैंकले सहकार्य गरेको छ  ।  साझा यातायताले टिकेटिङ प्रणलि पुर्ण रुपमा डिजिटल बनाएकोको  छ यस सहकार्यसँगै अब साझा बसका यात्रुहरूले यात्राका दौरान डिजिटल माध्यमबाट सहज, सुरक्षित तथा पारदर्शी रूपमा भाडा भुक्तानी गर्न सक्ने व्यवस्था बैखले बनाएको छ । नेपाल इन्बेष्टमेष्ट मेगा […]

ओप्पोले नेपालमा रेनो १६ सिरिज सार्वजनिक, कति छ मूल्य ?

काठमाडौं । ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ । सिरिजअन्तर्गत ओप्पो रेनो १६ र रेनो १६ एफ रहेका छन। प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई एकै ठाउँमा प्रस्तुत गर्दै आयोजित भव्य फेसन शो मार्फत यी स्मार्टफोन सार्वजनिक गरिएको हो ।सार्वजनिक कार्यक्रममा मिस नेपाल वल्र्ड २०२२ तथा पूर्व ब्यूटी विथ अ […]

१३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउँदै ईयू, के हुन् प्रस्तावित नयाँ नियम?

काठमाडौं । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि कडाइ गर्ने तयारी गरेको छ। ईयू आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार स्ट्रासबर्गमा ‘स्टेट अफ द युरोपियन युनियन’सम्बन्धी वार्षिक सम्बोधनका क्रममा १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल, अनलाइन गेम र च्याटबोट प्रयोगमा रोक लगाउने […]

भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीको ३३ लाख ५० हजार सहयोग

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारील र एनसेलको ट्रेड युनियनले संयुक्तरुपमा  ३३ लाख ५० हजार सहयोग गरेका छन् । कर्मचारीका तर्फबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको रसिद  एनसेलका कर्मचारीको तर्फबाट प्रतिनिधिले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई […]

नास आईटीको ‘नेपाल टेक रोडशो यूके २०२६’ बेलायतमा सम्पन्न

लन्डन हिथ्रो । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) को आयोजनामा बेलायतमा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न भएको छ। लन्डनको र्‍याडिसन ब्लु होटल, लन्डन हिथ्रोमा आयोजित रोडशोमा नेपालको प्रविधि क्षमता, दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय बजारमा विस्तारको सम्भावना प्रस्तुत गरिएको थियो। अन्तर्राष्ट्रिय बजारसँग नेपाली प्रविधि उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा नेपालका […]

फिनटेक क्षेत्रमा समान प्रतिस्पर्धाका लागि राष्ट्र बैंकले ल्यायो पाँचवर्षे रणनीति, फिनटेक कम्पनीलाई समान अवसर देखि गिग अर्थतन्त्र प्राथमिकतामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले फिनटेक क्षेत्रमा समान प्रतिस्पर्धाको वातावरण निर्माण गर्दै सुरक्षित र समावेशी डिजिटल वित्तीय सेवा विस्तार गर्ने लक्ष्यसहित पाँचवर्षे रणनीतिक ढाँचा अघि सारेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले तयार पारेको ‘फिनटेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज’ सन् २०२६/२७ देखि २०३०/३१ सम्म कार्यान्वयन गर्ने प्रस्ताव गरिएको छ। रणनीतिले फिनटेकमैत्री नीति तथा नियमन, […]