नास आईटीको चौथो साधारणसभा सम्पन्न, अध्यक्षमा चापागाईं निर्वाचित

काठमाडाैं। नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास(आईटी) को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको अवस्थालाई ध्यानमा राख्दै नास आईटीले सीमित रूपमा साधारणसभा सम्पन्न गरेको हो। नासआईटीले मृतकप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ। विपद्को अवस्थालाई ध्यानमा राख्दै संस्थाले यसअघि तय गरेका अन्य […]

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पहुँच, १२० मध्ये ९३ साइट सञ्चालनमा

काठमाडौं । गत भदौ १० गते आएको बाढीका कारण प्रभावित विभिन्न जिल्लामा अवरुद्ध भएको दूरसञ्चार सेवा नेपाल टेलिकमले निरन्तर प्रयासपछि अधिकांश स्थानमा पुनः सञ्चालनमा ल्याएको जनाएको छ। कम्पनीले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा मोबाइल बीटीएस साइट सञ्चालन गरी सञ्चार सेवा पुनःस्थापित गरेको हो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा नेपाल टेलिकमका टावर तथा मोबाइल साइटबाट […]

स्टाइल र स्पिडको नयाँ अनुभव भिभो भि८० लाईट चाँडै नेपाली बजारमा,यस्ता छन् विशेषता

काठमाडौं । भिभोले आफ्नो बहुप्रतीक्षित नयाँ स्मार्टफोन भिभो भि८० लाईटको पहिलो झलक आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । डिजाइनलाई प्राथमिकतामा राखेर तयार गरिएको भनिएको भिभो भि८० लाईटले स्मार्टफोन बजारमा नयाँ शैली र अनुभव प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । परिष्कृत कभ्र्ड डिजाइन तथा आधुनिक प्रविधिको संयोजनसहित आउने अपेक्षा गरिएको यस स्मार्टफोनले दैनिक प्रयोगलाई थप […]

उद्धारलाई प्रभावकारी बनाउन २० थान स्याटेलाइट फोन लगिँदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ। विपद् प्रभावित क्षेत्रमा सन्चार सेवा अवरुद्ध हुँदा उद्धार र समन्वयमा कठिनाइ भएपछि सूचना प्रवाहलाई सहज र निरन्तर राख्न ती स्याटेलाइट फोन उपलब्ध गराइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको […]

विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं ।  सिटि एक्प्रेस मनि ट्रान्फरले नेपालका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको छ कम्पनीले विपद्को कठिन घडीमा विदेशमा रहेका नेपालीले आफ्ना परिवारलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन […]

नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा निरन्तर उपलब्ध

काठमाडौं ।नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराइरहेको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा राहत वितरण तथा उद्धार कार्यको सहजताका लागि अर्को व्यवस्था नभए सम्मका लागि निरन्तर उपलब्ध गराउने भएको छ । यो भन्दा पहिले भाद्र १४ सम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध […]

ग्लोबल आइएमइ‌बैकको‌ मोवाइल बैंकिङ एप स्मार्ट प्लसमार्फत बाढीपिडितलाई सहयोग गर्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा  ल्याएको छ । ग्लोबल  इएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप […]

एनसेलले बढायो बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन

काठमाडौं ।एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज होस् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि भोलि शनिबारबाट लागु हुने गरी थप सात दिन बढाएको छ । यससँगै अब प्रभावित क्षेत्रमा थप एक हप्ता कम्पनीका यी सेवाहरु निःशुल्क उपलब्ध हुनेछन् । यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी […]

बाढी-पहिरो प्रभावित रसुवा, नुवाकोट र धादिङका १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा: एनसेल

काठमाडौं । एनसेलले बाढी तथा पहिरोका कारण अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङका १४ वटा मोबाइल टावर पुन सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार तीन जिल्लाका बाढी प्रभावित क्षेत्रमा कुल २७ वटा टावरमा क्षति पुगेको वा अवरुद्ध भएको थियो। जसमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ वटा टावरहरूलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको […]

बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वल्र्डलिंक ग्राहकलाई राहत, इन्टरनेट नरोकिने

काठमाडौं । बाढीबाट प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वल्र्डलिंक कम्युनिकेसन्सले विशेष राहत सुविधा दिने भएको छ । बाढीका कारण प्रभावित ग्राहकलाई थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले कम्पनीले ती क्षेत्रमा इन्टरनेट सेवा विच्छेद नगर्ने जनाएको छ । नियमित रूपमा सेवा शुल्क तिर्न नसक्ने वा सेवा अवधि सकिन लागेका ग्राहकको इन्टरनेट सेवा पनि […]