एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं  एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ। यो अफर एनसेल प्रयोगकर्ता वा एनसेल सिम लिने नयाँ ग्राहकका लागि उपलब्ध हुने छ। आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकले असीमित डाटा, असीमित […]

दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार्न दुईसय टेलिफोन टावर र १६ सय स्थानमा फोरजी सेवा विस्तार यसैवर्ष : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन्।प्रतिनिधिसभाको  आजको बैठकमा विभिन्न समयमा उठेका प्रश्नको जवाफ दिँदै उनले कतिपय क्षेत्रमा अझै दूरसञ्चार सेवा विस्तार हुन नसकेको र विद्युत् तथा पावर ब्याकअपको अभावका कारण […]

टिमुरेको टेलिफोन टावरमा सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो। गत १० भदौको बाढीपछि विद्युत् आपूर्ति बन्द हुँदा टिमुरेमा रहेको टेलिफोन टावर डिजेल […]

स्टारशिप रकेटलाई पृथ्वीको कक्षामा पुर्‍याउने लक्ष्यसहित सोमबार १४औँ परीक्षण उडान

काठमाडौं ।  स्पेसएक्सले आफ्नो विशाल स्टारशिप रकेटलाई पहिलोपटक पृथ्वीको कक्षामा पुर्‍याउने लक्ष्यसहित सोमबार १४औँ परीक्षण उडान गर्दैछ । चन्द्रमा र मङ्गल ग्रहका भविष्यका अभियानका लागि विकास भइरहेको स्टारशिपलाई कक्षामा पुर्‍याउन सकिएमा यसको विकासमा महत्त्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ । करिब १० घण्टा चल्ने अपेक्षा गरिएको परीक्षणमा स्टारशिपको माथिल्लो चरणलाई पृथ्वीको कक्षामा पुर्‍याएर २६ वटा […]

मौसममा सुधार हुनेबित्तिकै टेलिकमको सेवा सुचारु गरिने

काठमाडौं । नेपाल टेलिकमले वर्षाको कारण अवरुद्ध सेवाहरु मौसममा सुधार आउने बित्तिकै टेलिकमको सेवा सुचारु गरिने बताएको छ । टेलिकमको सेवा सूचारु गर्नका लागि मौसममा हुने सुधार क्रमसँगै सम्बन्धित कार्यस्थलमा खटिने गरी प्राविधिकहरु तयारी अवस्थामा रहन समेत टेलिकमले निर्देशन जारी गरेको छ । टेलिकमका अनुसार बिहीबार देखि निरन्तरको हावाहुरी सहितको वर्षा र देशका धेरै स्थानमा […]

नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई, थप सुरक्षा उपायमा जोड

काठमाडौं । ओपनएआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता (एआई) मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ। एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको हो। कम्पनीले शुक्रबार अमेरिकी संघीय सरकारका वेबसाइटमा एआईबाट भएको केही गतिविधिबारे समीक्षा गरिरहेको जानकारी दिएको थियो । गर्मीयाममा भएका ती घटनामा एआईले सरकारी वेबसाइटबाट सूचना खोज्ने तथा […]

भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो महिना भदौ २०८३ मा नेपालमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम र संख्या दुवै बढेको जनाएको  छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको भदौ मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार ई–कमर्समार्फत हुने कारोबारको रकम २५ करोड १० लाख र सङ्ख्या २६ हजारभन्दा माथिले बढेको पाइएको हो। विवरण […]

मकवानपुरका दुई मोबाइल टावर दसैँअघि नै सञ्चालनमा आउने

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चैनपुर र मनहरी गाउँपालिका–६ सुनाचुरीमा निर्माणाधीन दुई मोबाइल टावर दसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। कैलाश गाउँपालिकाको कानडाँडामा निर्माण भइरहेका थप दुई टावर पनि सञ्चालनको अन्तिम चरणमा पुगेको जानकारी सांसद प्रशान्त उप्रेतीले दिएका छन्। सांसद उप्रेतीका अनुसार मनहरी गाउँपालिकाका दुई स्थान, इन्द्रसरोवर गाउँपालिकाको एक तथा कैलाश गाउँपालिकाको डाँडाखर्क, […]

म्याक्स इन्टरनेशनल माथि भन्सार छली र ठगीको आरोप

काठमाडौं । ल्यापटप/कम्प्युटरको आधिकारिक आयातकर्ता तथा वितरक म्याक्स इन्टरनेशनले ल्यापटपरकम्प्युटर लगायतका सामग्री आयात गर्दा भन्सार छली गरेको आरोप लागेको छ । साथै ग्राहक ठगी गरेको समेत आरोप रहेको छ । यो सँगै म्याक्स इन्टरनेशनको सो कार्यका विरुद्ध हेलो सरकार र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा उजुरीसमेत परेको बताइएको छ। उक्त कम्पनीले डेलको कम्प्युटर […]

नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान

काठमाडौं । सरकारले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विकासको कामलाई प्राथमिकतामा राखेसँगै दूरदराजसम्म पनि यस्तो सेवा विस्तार हुन थालेको छ । नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ । टेलिकमले सेवा विस्तार तथा गुणस्तर सुधार गर्ने उद्देश्यले विभिन्न ११ जिल्लाका १३ स्थानमा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याएको […]