खल्ती र आइएमई पेबीच मर्जर, नयाँ कम्पनी ‘आइएमई खल्ती’ बन्ने
काठमाडौं । नेपालका दुई प्रमुख डिजिटल भुक्तानी सेवा प्रदायक खल्ती र आइएमई पे मर्जरमा जाने भएका छन्। आइतबार दुई कम्पनीबीच प्रारम्भिक सम्झौता भएसँगै मर्जर प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको हो। मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती’ रहनेछ। नेपालमा सञ्चालनमा रहेका डिजिटल वालेटहरूबीच यो पहिलो मर्जर हो। प्रारम्भिक सम्झौतापछि नियामक निकाय नेपाल राष्ट्र बैंकमा स्वीकृतिका […]

