दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशमा ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर र चुनौती’ सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले गुनासो नआउने तवरले प्रभावकारी सेवा प्रवाह हुनुपर्ने बताए। सबैको एकताबद्ध प्रयासबाट दूरसञ्चारको कामलाई गुणस्तरीय बनाउन सकिने उनले बताए। […]

सामसङ इनोभेसन क्याम्पस: कोडिङ र एआई तालिममा तेस्रो ब्याच सुरु

काठमाडौं । आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पस (एसआईसी) मार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ । त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । यसका साथसाथै, कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना […]

एनसेल शेयर बिक्री रोक्न माग गरिएको रिट सर्वोच्च अदालतद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले एनसेलको सेयर खरिद बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको छ। बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो। सांसद अमरेशकुमार सिंहले २०७९ मंसिर २२ गते सर्वोच्च अदालतमा एनसेलको शेयर बिक्री रोक्न माग गर्दै रिट दायर गरेका थिए। रिटमा एनसेल एक्जियाटा लिमिटेड, नेपाल […]

सूचना प्रविधि दशक: चालु आवमा नीतिगत पहल र संरचनात्मक तयारी गरिने

निर्दोष घोरसाइने काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँको निर्यात गर्ने र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा सूचना प्रविधि दशकको प्रस्थानको रुपमा अघि बढाउने घोषणा गरेको छ । आईटी क्षेत्रको महत्त्व स्वतन्त्र, गैर नाफा मुलुक सर्वाङ्गीण विकास अध्ययन केन्द्र […]

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले ‘एनसेल […]

दराज १.१ न्यू इयर मेगा सेल, आकर्षक छुटसहित साढे २ करोडको भाउचर जित्ने मौका

काठमाडौं । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागतार्थ, १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ । १.१ न्यू इयर मेगा सेल, १० पुस २०८१ देखि २१ पुस २०८१ सम्म चल्ने जानकारी दिइएको छ । यस मेगा सेल मार्फत नयाँ बर्षको भब्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई नि:शुल्क […]

फोनपे बिल्सबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट

काठमाडौं ।फोनपेले आफ्नो अभियान ‘नेट सेट गो!’ सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्रदान गरेको छ। यस अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु हो। ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ। यस अभियानको अवधि पौष २९, २०८१ सम्म हुनेछ। लक्की […]

इसेवाबाट रकम चोरी भएको छैन, भ्रामक समाचारप्रति कम्पनीको खण्डन

काठमाडौं । इसेवाले पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल र केही समाचार पोर्टलहरूमा आफूबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको भनी प्रकाशित भएका भ्रामक र आधारहीन समाचारहरूको खण्डन गरेको छ। यस प्रकारका गलत समाचारहरूले प्रयोगकर्तामाझ अनावश्यक त्रास र भ्रम उत्पन्न गराएको भन्दै कम्पनीले सत्य तथ्यमा विश्वास गर्न सबैलाई आग्रह गरेको छ। इसेवाले आफ्नो १६ वर्षको इतिहासमा […]

एनसेल फाउन्डेसनले एनपीएलका चौका वापत २६०० बढी शैक्षिक सामग्रीको वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुरुप २६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । यी सामग्रीहरु ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिने छन् । शनिबार समापन भएको ऐतिहासिक एनपीएलमा कुल ६५३ चौका […]

हुम्लाका नेपाल टेलिकमको बीटीएस टावरमा क्षति, टेलिकम सेवामा अवरोध

काठमाडौं । कर्णाली प्रदेशको हुम्लामा नेपाल टेलिकमका बीटीएस टावरहरुमा क्षति पुर्‍याइएको कारण दूरसञ्चार सेवामा अवरोध पुगेको छ। टेलिकमले यस घटनामा दु:ख व्यक्त गर्दै छिटोभन्दा छिटो सेवा पुन:स्थापना गर्न प्रयासरत रहेको जानकारी दिएको छ। पुस ४ गते सर्केगाड गाउँपालिका–५ मा अवस्थित बरै माइक्रो बीटीएस टावरमा सोलार प्यानल, भीएसएटी उपकरण, र अर्थिङ केबलमा क्षति पुगेको छ। विकट भौगोलिक […]